अलैंचीमा लाग्ने दोहोरो कर हटाउन माग

0
612

बिर्तामोड।

झापाको बिर्तामोडमा आयोजित कार्यक्रमका सहभागी अलैंची उद्योगी व्यवसायीले मुलुकको निर्यात व्यापारमा महत्वपूर्ण योगदान पु¥याउँदै आएको अलैंचीमा स्थानीय तहले दोहोरो कर लिने गरेको गुनासो गरेका छन् ।

नेपाल अलैंची व्यवसायी महासंघ र आन्तरिक राजश्व कार्यालय भद्रपुरको आयोजनामा बिर्तामोडमा अलैंची उद्योगी र व्यवसायीसँग भएको कर सम्बन्धी अन्तरक्रियामा उनीहरुले यस्तो गुनासो गरेका हुन् ।

नेपाल अलैंची व्यवसायी महासंघका अध्यक्ष राजकुमार कार्कीको अध्यक्षता तथा आन्तरिक राजश्व कार्यालय भद्रपुरका प्रमुख बोलराज आचार्यको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा महासंघका निबर्तमान अध्यक्ष निर्मल भट्टराई, अलैंची व्यवसायीहरु सुमन मिश्र, रोशनलाल अग्रवाल, इन्द्र बिन्दल, अनिल ढुङ्गाना, प्रेमा भट्टराई, बिर्तामोड उद्योग बाणिज्य संघका अध्यक्ष कुमार भट्टराई, वाणिज्य उपाध्यक्ष प्रकाश शिवाकाटी, महासचिव प्रशान्त भण्डारीले निर्यातमा महत्वपूर्ण योगदान पु¥याउँदै आएको अलैंची निर्यातमा स्थानीय तहले दोहोरो कर लिँदा व्यवसायीहरू समस्यामा परेको बताएका थिए । उनीहरुले अलैंची निर्यात हुने स्थानीय तहसहित अन्य तहले पनि कर असुली गर्दा आफूहरु समस्यामा परेको बताउँदै निर्यातका क्रममा बाटामा पर्ने सबै स्थानीय तहले कर लिनु भनेको सरासर गलत रहेको बताए ।

नेपाल अलैंची व्यवसायी महासंघका महासचिव सुवास भट्टराईले नेपाल सरकारले भारत सरकारसंग लविङ गरेर मूल्य अनुसारको बिल काट्नुपर्ने बताउँदैे सम्बन्धित स्थानीय तहले प्रतिकिलो १० रुपैयाँ असुल गरेपछि मेचीनगर नगरपालिकाले प्रतिट्रक २ हजार रुपैयाँ लिने गरेकोले व्यवसायीहरू निराश भएको बताए । निर्यातमा समस्या भइरहेका बेला स्थानीय तहले समेत जथाभावी कर असुल्दा अलैंची कृषक र व्यवसायी मारमा परेको उनको भनाइ छ ।

उनले व्यापार घाटा कम गर्न महत्वपूर्ण भूमिका निर्वाह गर्दै आएको अलैंचीको निर्यातमा सरकारले प्रोत्साहित गर्नुपर्नेमा जोड दिदै बंगलादेशले नेपाली अलैंचीमा ३५ प्रतिशत कर लिइरहेकोमा बंगलादेश सरकारसँग कुटनीतिक पहल गरेर शून्य प्रतिशतमा सीमित गर्ने व्यवस्था मिलाउन सरकारसँग आग्रह गरे ।

कार्यक्रममा आन्तरिक राजश्व कार्यालयका प्रमुख बोलराज आचार्यले स्थानीय सरकारसँग समन्वय गरेर दोहोरो कर हटाउन पहल गर्ने आश्वासन दिएका थिए । कार्यक्रममा दोहोरो कर, भन्सारका झञ्झटिला नीति, बिल–बिजक लगायतको बारेमा छलफल भएको थियो । कार्यक्रमको सञ्चालन अलैंची व्यवसायी महासंघका महासचिव सुवास भट्टराईले गरेका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here