गाउँपालिका अध्यक्षकै अगाडि कुटिए वडा अध्यक्ष

0
406

जनकपुरधाम,

तत्कालीन नेकपा एमालेबाट वडा अध्यक्ष बनेका एक वडा अध्यक्षलाई संघीय समाजवादी फोरमका कार्यकर्ताले कुटपिट गरेका छन्। धनुषाको बटेश्वर गाउँपालिका-३ का वडाध्यक्ष हिरालाल महतोमाथि कुटपिट भएको हो।

फोरमबाट प्रदेशसभा सदस्यका प्रत्यासी उम्मेदवारी राजकिशोर महतोले वडा कार्यालयमै वडाध्यक्ष हिरालालमाथि कुटपिट गरेको स्थानीयवासीले बताएका छन्। प्रदेश-२ सरकारले ससर्त अनुदानअन्तर्गत गाउँपालिकालाई उपलब्ध गराएको ५० लाख रुपैयाँको योजना आफूलाई दिन दबाब दिँदै आएकोमा उत्पन्न विवादले उग्ररूप लिँदा कुटपिट भएको हो।

कुटपिटको क्रममा राजकिशोरले हानेको इँट्टाबाट वडा अध्यक्ष हिरालालको हातमा गम्भीर चोट लागेको थियो। इँट्टा प्रहारबाट घाइते वडाध्यक्ष हिरालालको बटेश्वरमै उपचार भइरहेको छ। वडा कार्यालयमा सडक विवादबारे समान्य छलफल चलिरहँदा राजकिशोर एकाएक आएर अनावश्यक बखेडा झिँकी हातपात गर्दै आफूमाथि इँट्टा प्रहार गरेको वडाध्यक्ष हिरालालको आरोप छ।

यता, वडाध्यक्ष हिरालालमाथि इँट्टा प्रहार गरेको राजकिशोरले योजनाबारे जानकारी लिने क्रममा हातपात भएको स्वीकार गरे। राजकिशोरले भने, ‘वडाध्यक्षले मलाई थप्पड हानेपछि आवेशमा मैले इँट्टा हानेँ।’ यताका घटना हुँदा विवादकै साक्षीसमेत रहेका गाउँपालिका अध्यक्ष डम्बरबहादुर राउतले भने दुवैलाई बैठक बसेर छलफल गर्न आग्रह गरेको बताए।

उनले भने, ‘हामी यहीँ बसेर छलफल गरी दोषीलाई जरिवाना गरौँ’, यदि हामीबाट विवाद समाधान नभए अगाडि बढ्नुपर्छ’  राउतले भने। गाउँपालिका अध्यक्ष राउतले आफ्नै अगाडि वडाध्यक्ष र राजकिशोरबीच घम्साघम्सी भएको र सोही क्रममा राजकिशोरले एक्कासि इँट्टा प्रहार गरेको बताइएकाे छ।-थाहाखबरबाट

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here