रोङमा ७१ प्रतिशत कर्मचारी रिक्त

0
444

इलाम।

इलामको रोङ गाउँपालिकामा कर्मचारीका लागि स्वीकृत दरबन्दी संख्या मध्येको ७१ प्रतिशत दरबन्दीमा कर्मचारी नभएर रिक्त रहेको छ ।

वडा कार्यालयहरूसहित गाउँपालिकामा श्रेणीविहीनबाहेक जम्मा ३१ जना कर्मचारीको दरबन्दी रहे पनि हाल नौ जना मात्र कर्मचारी कार्यरत् रहेको जनाइएको छ ।

दरबन्दी अनुसार रोङमा आठौँ तहका प्रमुख प्रशासकीय अधिकृत एक जना र सातौँ वा आठौँ तहका अधिकृतहरू तीन जना, छैटौँ तहका अधिकृत दुई जना, पाँचौँ तहका आन्तरिक लेखा परीक्षक, प्रशासनमा सहायक, कम्प्युटर अपरेटर, लेखा सहायक, प्राविधिक सहायक, हेल्थ असिस्टेण्ट र सब इञ्जिनियर दश जना, चौथो तहका असिस्टेण्ट सब इञ्जिनियर, सहायक महिला विकास निरीक्षक र खानेपानी सहायक टेक्निसियन तीन जनासहित १९ जना तथा वडा कार्यालयहरूमा पाँचौ तहका सहायक र सब इञ्जिनियर दुई÷दुई जना र चौथो तहका सहायक र असिष्टेण्ट सब इञ्जिनियर चार÷चार जना तोकिएको छ ।

तर, दरबन्दी अनुसारका कर्मचारी मध्ये हाल प्रमुख प्रशासकीय अधिकृत, इञ्जिनियर एक जना, प्रशासनका अधिकृत दुई जना, सब इञ्जिनियर एक जना, सहायक महिला विकास निरीक्षक एकजना गरी छ जना कर्मचारी मात्र कार्यालयमा रहेका छन् । बाँकी १३ जनाको दरबन्दी खाली नै छ । ती छ जना प्रमुख प्रशासकीय अधिकृत बाहेक दुई जना निजामति सेवाबाट समायोजन भएर आएका हुन् भने तीन जना जिल्ला समन्वय समितिबाट समायोजन भएर रोङ गाउँपालिकामा आएका हुन् ।

रोङ गाउँपालिकामा कर्मचारी थोरै भएका कारण एक जना कर्मचारीले तीनवटासम्म जिम्मेवारी बहन गर्नु परिरहेको बताइएको छ । यहाँका प्रशासनको जिम्मेवारी सम्हालिरहेका अधिकृत नेत्र पोखरेलले आफूले कार्यालयभित्र दुई वटा फाँट र दुई वटा वडाको काम गरिरहनुपरेको गरेको बताए । उनले कार्यालयभित्र जिन्सी र प्रशासन फाँट हेर्दैछन् भने दुई वटा वडाको सचिवको काम गर्दैछन् ।

कर्मचारीलाई कामको बोझ बढी भएर कर्मचारीहरू सार्वजनिक विदाको दिन पनि कार्यालयको काममा नै ब्यस्त हुने गरेको पाइएको छ । शनिबार विदाको दिन पनि कर्मचारीहरु कार्यालयमा काम नै गरिरहेका हुन्छन् । त्यस्तै बिहान सबेरैदेखि कार्यालय समयभन्दा छिटो र बेलुका अबेरसम्म कर्मचारीहरू कार्यालयमा काम गरिरहेको पाइने गरेको छ ।

कर्मचारीको अभाव भएका कारण पटक–पटक कर्मचारीको विवरण पठाउने र कर्मचारी माग गर्ने काम भइरहेको गाउँपालिका प्रमुख शम्शेर राईले जानकारी दिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here