इराकमा बम आक्रमण पाँच सैनिकको मृत्यु

११ असार २०७६, बुधबार मा प्रकाशित

बग्दाद ।

इराकको उत्तरी राज्य किर्कुकको एक सडककिनारमा राखिएको बम विस्फोटमा परी बुधबार पाँच इराकी सङ्घीय प्रहरीको मृत्यु भएको छ । सुरक्षा अधिकारीहरुले उक्त जानकारी दिएका छन् ।

प्रान्तीय राजधानी किर्कुकको दक्षिण भागमा पर्ने स्थानमा इस्लामिक स्टेट्स (आइएस) आतङ्ककारी समूहले राखेको बम विस्फोटमा परी पाँच जना सङघीय प्रहरीको मृत्यु भएको प्रहरी स्रोतले जनाएको छ ।

आक्रमण भएको यस इलाकालाई प्रहरीले घेरा लगाएको र आक्रमणकारीको खोजीकार्यमा लागेको बताइएको छ ।

इराकी सुरक्षा बलले सन् २०१७ को अन्त्यबाट अतिवादी आइएस आतङ्ककारी समूहलाई देशभरी नै परास्त गरेपछि इराकको सुरक्षा अवस्थामा नाटकिय रुपमा नै सुधार आएको बताइन्छ ।

प्रतिकृया व्यक्त गर्नुहोस् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here