भारतीय सैनिक विमान चीनियाँ सिमामा बेपत्ता !

२१ जेष्ठ २०७६, मंगलवार मा प्रकाशित

काठमाडौं ।

भारतीय वायुसेनाको एएन–३२ कलसाईन विमान चीनियाँ सिमानजिकबाट बेपत्ता भएको छ । सोमबार दिउँसो १ बजेदेखि सो विमान हराएको र अहिले सेनाले खोजिरहेको भारतीय सञ्चारमाध्यमहरुले जनाएका छन् ।

सेनाले रातभर विमानको खोजी गरेपनि भेट्न सकेको छैन । विमानको खोजी गर्न सेनाले विशेष अपरेशनमा प्रयोग हुने एयरक्राफ्ट सी–१३०, एएन–३२ एस, एमआई–१७ चोपर र थलसेनाका विभिन्न आधुनिक हेलिकोप्टर प्रयोग गरिरहेको छ ।

सोमबार दिउँसोदेखि हराईरहेको सो विमानमा चालकदलका आठ सदस्यसहित १३ जना यात्रु सवार थिए । आसामको झोराहाटस्थित सैन्य बेसबाट उठेको सो विमान अरुणाञ्चलमा रहेको मेचुकातर्फ उडेको थियो । सोमबार दिउँसो सबा १२ बजे उडेको सो विमान १ बजेपछि सम्पर्कमा आउन सकेको छैन ।

प्रतिकृया व्यक्त गर्नुहोस् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here