खुदुनावारीमा राष्ट्रिय विभूति लिङ्देनको शालिक

0
454

अर्जुनधारा।

८९ औं समाज सुधार दिवसको अवसर पारेर झापाको अर्जुनधारा २ र ३स्थित खुदुनावारीमा नवनिर्मित १६औं राष्ट्रिय विभूति महागुरु फाल्गुनन्द लिङ्देनको शालिक अनावरण गरिएको छ ।

प्रदेश १का प्रमुख प्रा.डा.गोविन्द सुब्बाको प्रमुख आतिथ्यमा कार्यक्रम भएको थियो । कार्यक्रमका प्रमुख अतिथि सुब्बाले मातृभाषमा लिएको शिक्षा सहज हुने बताउँदै सबैको आकर्षण अंग्रेजी भाषातर्फ भएकाले आफ्नो भाषाहरुलाई ओझेलमा पारेको हुँदा त्यसको संरक्षणको लागि जुट्नुपर्ने बताए । उनले १९८८ साल वैशाख २४ गते सम्पन्न भेलाबाट पारित भएको समाज सुधार गर्न गरिएको निर्णयहरु लागू गराउन महागुरु लिङ्देनले पु¥याएको योगदानको चर्चा गर्दै उक्त कार्य उदाहरणीय भएको बताए ।

खुदुनावारी–शनिश्चरे–बिर्तामोड सडक खण्ड अन्र्तगत खुदुनावारी चोकमा निर्माण सम्पन्न भएको शालिकको समारोहका विशेष अतिथिद्वय किरात धर्मगुरु आत्मानन्द लिङ्देन र गुरुआमा पवित्राहाङ्मा साँवा लिङ्देनले संयुक्त रुपमा अनावरण गर्दै उक्त चोकको नाम ‘फाल्गुनन्द चोक’ नामाकरण गरिएको शालिक निर्माण समितिका सदस्य खगेन्द्र लिङ्देनले बताए ।

त्यसैगरी प्रमुख प्रा. डा. सुब्बाले समारोहको महाबत्ती प्रज्ज्वलन गरेका थिए । कार्यक्रममा फाल्गुनन्द चोक हुँदै कैदलेस्थित फाल्गुनन्द शान्ति वन बाटिका जाने फाल्गुनन्द मार्गको उद्घाटन अर्जुनधारा नगरपालिकाका प्रमुख हरिकुमार रानाले गरेका थिए । उक्त मार्ग स्तरोन्नति गर्न सांसद् पवित्रा निरौला खरेलको सांसद् विकास कोषबाट २० लाख र वडाबाट पाँच लाख बिनियोजन भएको उपभोक्ता समितिका अध्यक्ष ढुण्डीराज गौतमले जानकारी दिए ।

धर्मगुरु लिङ्देनबाट आर्शिवचन प्रस्तुत भएको कार्यक्रममा पूर्वमन्त्री एवम् संविधानसभा सदस्य केशवकुमार बुढाथोकी, संविधानसभा सदस्य प्रेमबहादुर गिरी, जिल्ला समन्वय समिति झापाका प्रमुख सोम पोर्तेल, हल्दिवारी गाउँपालिकाका अध्यक्ष रवीन्द्र लिङ्देन, नेपाली कांग्रेसका केन्द्रीय सदस्य देउमान थेवेलगायतले शुभकामना मन्तव्य राखेका थिए ।

समितिका अध्यक्ष महेन्द्र आङ्देम्बेको अध्यक्षतामा आयोजित कार्यक्रममा स्वागत सदस्य वीजेन्द्र एक्तेनले गरेका थिए । कार्यक्रमको सञ्चालन सञ्चारकर्मी भगीहाङ नेम्वाङ रानीटारे साँइलाले गरेका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here