बिर्तामोडमा बस्तु तथा सेवा उपभोक्ता संरक्षण संघ

0
764

बिर्तामोड।

वस्तु तथा सेवा उपभोक्ता संरक्षण संघ बिर्तामोड नगर समितिको अध्यक्षमा विष्णु बराल चयन भएका छन् ।

बिर्तामोड नगरपालिकाका प्रत्येक वडाबाट एक–एक जनाको सहभागितामा रहने गरी नगर समितिको गठन गरिएको बताइएको छ । नवगठित समितिको उपाध्यक्ष होमनाथ आचार्य, सचिव टेकनाथ पाण्डे, सहसचिव पर्वत चिमरिया, कोषाध्यक्ष गोमा सुवेदी रहेका छन् ।

त्यस्तै सदस्यहरुमा डम्बर तामाङ, रामलाल उप्रेती, इन्दिरा विमली, गणेशकुमार भट्टराई, तुलसीराम काफ्ले सुवास उप्रेती र खगेन्द्र शिवाकोटी रहेका छन् ।

बिर्तामोड–१का वडा सदस्य प्रेमकुमार खरेलको अध्यक्षता तथा बिर्तामोड नगरपालिकाकी उपप्रमुख पवित्रा महतारा प्रसाईको प्रमुख आतिथ्यमा बिर्तामोड नगर समितिको गठन गरिएको संस्थाका प्रदेश सचिव प्रकाशचन्द्र उप्रेतीले जानकारी दिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here