सहायक कोचको प्रशिक्षणमा जाने खेलाडीको बिदाइ

0
508

काँकरभिट्टा।

तीनवटा खेल विधामा सहायक कोचको ६ हप्ते प्रशिक्षणका लागि भारत प्रस्थान गरेका नेपाली खेलाडीहरुलाई आइतबार विदाइ गरिएको छ ।

फुटबल, ह्याण्डबल र एथ्लेटिक्समा प्रशिक्षण लिने ७ जना खेलाडीहरुलाई काँकरभिट्टामा आयोजित एक कार्यक्रमकाबीच विदाइ गरिएको हो । विदाइ हुने खेलाडीहरुमा एथ्लेटिक्सतर्फ मोहनराज शाही, फुटबलतर्फ प्रज्ज्वल सिंह शिवा, मनिष तिम्सिना, लक्ष्मी श्रेष्ठ र देवु राई तथा ह्याण्डबलतर्फ दीपक सिंह बोहोरा, विशाल बस्नेत र कल्याण भण्डारी रहेका छन् ।

कार्यक्रममा जिल्ला खेलकुद विकास समितिका अध्यक्ष शंकर थापाले खेलाडीहरुको विदाइ गरेका थिए ।

कार्यक्रममा राखेपका सान उपनिर्देशक महेन्द्र राई, राखेपका तालिम तथा प्रशिक्षण विभागका उपनिर्देशक दीपक शाही, कराते अन्र्तराष्ट्रिय रेफ्री राजु महर्जन, योगेश चाम्लिङ, सितोरियो कराते संघ झापा अध्यक्ष मिलनराज प्रसाईं, जिल्ला फुटबल संघ सदस्य कर्ण थापा मगर, झापा ट्राभल संघ अध्यक्ष नीरबहादुर कार्की, इलाका प्रहरी कार्यालय काँकरभिट्टाका प्रहरी निरीक्षक सुभाष खनाल, काँकरभिट्टा कराते ट्रेनिङ सेन्टरका प्रशिक्षक तिलक तामाङ, कराते स्वयंसेवक प्रशिक्षक शम्भु श्रेष्ठलगायतल े समेत खेलाडीहरुलाई शुभकामना दिएका थिए ।

उनीहरुले यही मे १४ देखि जुन २५ तारिखसम्म भारतको कोलकातास्थित नेताजी सुवासचन्द्र भोस स्टेडियममा सञ्चालन हुने प्रशिक्षणमा भाग लिने र उनीहरुलाई पश्चिम बंगाल राज्यको कोलकातास्थित नेताजी सुवासचन्द्र भोस नेशनल इन्स्टीच्युट अफ स्पोर्टसले सहभागी खेलाडीलाई प्रशिक्षण प्रदान गर्ने बताइएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here