भान्सा नै औषधालय सम्बन्धी सचेतना

0
644

अर्जुनधारा।

चारघरे महिला समूह अर्जुनधारा–९को आयोजनामा एक दिवसीय भान्सा नै औषधालय सम्बन्धी सचेतना कार्यक्रम सम्पन्न भएको छ ।

स्थानीय बाल विकास केन्द्रको सभाहलमा समूहकी अध्यक्ष टीकादेवी खतिवडाको अध्यक्षता तथा अर्जुनधारा नगरपालिकाकी उपप्रमुख कमला खतिवडा आचार्यको प्रमुख आतिथ्यमा कार्यक्रम भएको थियो ।

वस्तु तथा सेवा संरक्षण उपभोक्ता महासंघ झापाका अध्यक्ष रामबहादुर राई, कोषाध्यक्ष टेकबहादुर गिरी, संरक्षण नगर समितिका उपाध्यक्ष गान्धारी मिश्र, सहसचिव दीनानाथ शिवाकोटी र कोषाध्यक्ष इन्दिरा भट्टराईले सहजीकरण गरेको कार्यक्रममा एक सय जनाभन्दा बढीको सहभागिता रहेको थियो ।

कार्यक्रममा कौशिला चौलागाईं, गोमा कार्की, डिल्लीकुमारी रिमाल, धनपती खरेल, भोजकुमारी आचार्य र रुपा विष्टलाई सम्मान गरिएको थियो ।

कार्यक्रममा नगर बोर्ड सदस्य हरिमाया दाहाल, न्यायिक समिति सदस्य तुम्मनाथ काफ्ले, नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का वडा सदस्य युवराज प्रसाईं, नेपाली कांग्रेसका वडा सभापति लीला पौड्याल, नेपाल रेडक्रस सोसाईटी शनिश्चरे उपशाखाका सचिव कृष्णप्रसाद भट्टराईलगायतले शुभकामना मन्तव्य रराखेका थिए ।

समूहकी सदस्य जशोदा खतिवडाले स्वागत गरेको कार्यक्रमको सञ्चालन नगर संघकी कोषाध्यक्ष भट्टराईले गरेकी थिइन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here