अर्काको कुरा काटे २००० जरिवाना

0
752

फिलिपिन्सको एउटा गाउँमा अरुको कुरा काट्न प्रतिबन्ध लगाएको छ । उत्तरी मनिलाबाट करिब दुई सय किलोमिटर टाढा रहेको सानो गाउँ बिनालोननमा कुरा काट्न प्रतिबन्ध छ ।

उक्त गाउँमा कुनै पनि हल्ला नफैलिओस् भन्नका लागि अधिकारीले नयाँ स्थानीय कानून नै बनाए । नयाँ कानून अनुसार नचाहेको हल्ला फैलाउनेलाई शहरको फोहोर संकलन गर्न लगाइन्छ । पहिलोपटक कुरा काट्नेले ३.८ डलर तिर्नुपर्ने हुन्छ भने तीन घण्टासम्म सडकको फोहोर बटुल्नुपर्छ । साथै त्यही कुरा दोहो¥याउनेले २० डलरसम्म तिनुपर्छ ।


उनीहरुले आठ घण्टासम्म फोहोर बटुल्नुपर्छ । तर, उक्त कानूनले के लाई कुरा काटेको मान्ने भनेर निश्चित मापदण्ड भने तोकेको छैन । यद्यपि, मेय¥यामन गुइकोले व्यक्तिको सम्बन्ध र आर्थिक विषयमा कुरा गरे त्यो दण्डनीय हुने उदाहरण दिएका छन् । यो नयाँ कानून अचम्मको लागे पनि बिनालोननको छिमेकी गाउँ मोरेनो गाउँमा सन् २०१७ देखि लागू गरिँदै आएको छ ।

त्यहाँका स्थानीयले सार्वजनिक रुपमा कुरा काटेका कारण करिब १० डलर जरिवाना तिरिसकेका छन् भने दिउँसोको समयमा फोहोर संकलन गरिसकेका छन् ।

कुरा काट्नुलाई मेयर गुइकोले समयको बर्बादी बताएका छन् । उनले भने– ‘यो समयको बर्बादी मात्र हो’– मेयर गुइकोले भने– ‘मानिसहरुले यो भन्दा निकै राम्रो काम गर्न सक्छन् । कुरा काट्ने प्रवृत्तिलाई प्रतिबन्ध लगाउँदा मानिसहरुको गुणस्तरीय जीवनमा सुधार ल्याउन सकिन्छ ।’

४४ वर्षे मेयरले स्थानीय पत्रिकालाई दिएको जानकारीमा नयाँ कानूनले मानिसहरुको वाक स्वतन्त्रता हनन नगरेको स्पष्ट पारे । ‘यसको उद्देश्य समुदायका सदस्यलाई बदनाम हुनबाट जोगाउनु हो’– उनले भने– ‘हामी अन्य समुदायलाई बिनालोननका बासिन्दा निकै राम्रा छन् भनेर देखाउन चाहन्छौं, यो बस्नका लागि राम्रो र सुरक्षित छ भनेर पुष्टि गर्न चाहन्छौं ।’ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here