आगलागीमा दुई घर जल्यो

0
350

खोटाङ । 

आगलागीमा दुई घर जल्दा खोटाङमा साढे नौ लाख रुपैयाँ बराबरको धनमाल क्षति भएको छ ।

आइतबार ऐँसेलुखर्क गाउँपालिका–६ ज्यामिरेका सुवास परियार र नरबहादुर परियारको घरमा आगलागी हुँदा सुवासको रु छ लाख ८५ हजार र नरबहादुरको रु दुई लाख ६९ हजार बराबरको धनमाल क्षति भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक केशवकुमार कट्वालले बताउनुभयो ।

नरबहादुरको घरबाट आगो सल्के पनि त्यसका कारण खुल्न नसकेको र आगलागीमा परी घर तथा घरमा रहेका धनमाल जलेर नष्ट भएकाले दुई दलित परिवारको विचल्ली भएको छ ।

आगो स्थानीयवासी र प्रहरीले नियन्त्रणमा लिएका थिए । पीडित परिवार अहिले छिमेकीको आश्रयमा बसिरहेका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here