अर्जुनधाराले दुई सय घर बनाउने

0
499

खुदुनाबारी।

अर्जुनधारा नगरपालिकाले तराई मधेस समृद्धि कार्यक्रम अन्तर्गत दुई सय विपन्न घर परिवारका लागि सामुहिक आवास निर्माण गर्ने भएको छ ।

नगर कार्यपालिकाको बैठकले तराई मधेस सम्वृद्धि कार्यक्रम अन्तर्गत दुई सय विपन्न घर परिवारका लागि सामुहिक आवास निर्माण गर्ने निर्णय गरेको नगर प्रमुख हरिकुमार रानाले बताए ।

अर्जुनधारा नगर क्षेत्रभित्र छरिएर रहेका साना मझौला तथा कुटिर उद्योगहरुलाई प्रवद्र्धन प्रोत्साहन गर्नका लागि औद्योगिक ग्रामको स्थापना गर्ने, औद्योगिक ग्राम घोषणा तथा सञ्चालन कार्यविधि अनुरुप आवश्यकता पर्ने जग्गाको व्यवस्थापन गरी सञ्चालन गर्ने निर्णय गरेको छ ।

त्यस्तै वडा नं. ३ को वडा कार्यालय अगाडि व्यावसायिक भवन निर्माणसहित खुदुनाबारी बजार व्यवस्थापन र शनिश्चरे बजार व्यवस्थापनको लागि नगर कार्यपालिकाले निर्णय गर्दै त्यसका लागि नगर विकास कोषबाट नगरपालिकाले सञ्चालन गर्ने सम्भावित योजनाहरुको विवरणसहित आशयपत्र माग भई आएको हुनाले खुदुनाबारी र शनिश्चरे बजार व्यवस्थापनको लागि नगरपालिकाको तर्फबाट आशयपत्र पठाउने निर्णय भएको नगर प्रमुख रानाले जानकारी दिए ।

त्यस्तै, नारायणचोकबाट खुदुनाबारी जाने सडक कालोपत्रे, चारपाने चोकबाट वडा नं. ५ हुँदै ७ नं. वडा कार्यालय जाने सडकसहित ७ नं. वडा कार्यालयबाट हात्तीकिल्ला हुँदै बुधबारे जोड्ने सडक निर्माणाधीन रहेको र सो आयोजना पूरा गर्नका लागि आरआरआर र आरएपिथ्री लगायतका कार्यक्रमबाट प्रदेश समक्ष अनुरोध गर्ने निर्णय भएको छ ।

त्यस्तै, राष्ट्रपति चुरे मधेस तराई विकास समिति अन्तर्गत नगरमा सञ्चालन भइरहेका केही योजना सञ्चालनमा विभिन्न कारणले कठिनाई भएकोले त्यसको समाधानका लागि समिति समक्ष अनुरोध गर्ने बताइएको छ ।

त्यस्तै, वडा–४ को दहिझोडामा रिचार्ज पोखरी निर्माणका लागि वनक्षेत्र भएकाले वन कार्यालयबाट अनुमति प्राप्त हुन नसकेको, वडा नं. ३ स्थित सुखानी खोलामा तटबन्धन गर्ने कार्यमा तयार गरिएको लागत इस्टिमेट पुनः इस्टिमेट गर्नुपर्ने भएकाले सोको लागि अनुरोध गर्ने समेत निर्णय भएको छ ।

त्यस्तै आ.व. २०७५÷०७६ मा स्वीकृत वार्षिक कार्यक्रम अनुसार वृक्षरोपण गरी वातावरण हरियाली बनाउनका लागि ५ लाख विनियोजन भएको छ । विनियोजित रकमले वडा नं. ९ स्थित नमूना सामुदायिक वनमा बिरुवा उत्पादन गर्ने निर्णय गरिएको बताइएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here