विद्यालयमा आइसीटी र शिक्षक

0
741
भुपेश मर्डी,

विद्यालयमा आईसीटी अर्थात् सूचना तथा प्रविधिको शुरुवात भएको धेरै भएको छैन । २०६५ सालमा यसले भर्खरै चर्चा पाउँदै थियो भने कतिपय निजी बिद्यालयमा पहिलै लागू भएको थियो झापामा । पुस्तक थियो तर विद्यालयमा कम्प्युटर थिएन, शिक्षक थिएनन्, यो सत्य हो । सिद्धान्त पढाइन्थ्यो, कम्प्युटर थिएन तर फि लिइन्थ्यो, यो २०५८ सालमा पनि यस्तै थियो । सामुदायिक विद्यालयमा त त्यतिबेला यसको नामोनिसान थिएन ।

२०६२÷०६३ मा केही संस्थाहरुले एक–दुई थान कम्प्युटर अनुदानका रुपमा दिन थाले । अनि मात्र शिक्षकहरुमा कम्प्युटर जान्नुपर्छ भन्ने चेत आएको हो । चासो हुनेले सिके, नहुनेलाई यसमा विश्वास लागेन र अहिले पनि विश्वास लाग्दैन, जब कि विश्व यसैको भरमा छ । कम्प्युटरभन्दा बढी क्याल्कुलेटरमा विश्वास लाग्थ्यो किनकि त्यो प्रयोगमा थियो र अहिले पनि कम्प्युटरभन्दा क्याल्कुलेटरमा बिश्वास गर्ने धेरै शिक्षक छन् । कम्प्युटरले बहुआयामिक कार्यप्रतिको बिश्वास नहुनुमा आम शिक्षकहरुको योग्यता तथा समायुनुकूल परिवर्तन पनि प्रश्नचिन्ह कडा हुनु कुनै नौलो कुरो होइन अहिलेको परिवेशमा । निजामती सेवामा सायद २०५८÷०५९ सालतिर कर्मचारीले कम्प्युटर सिक्ने अवधारणा ल्यायो ।

कर्मचारी कम्प्युटर सिके । अहिले प्रायःकम्प्युटराइज्ड भइसकेका छन् कार्यालयहरु । अहिले त निजामतीतिर सेवाभन्दा अघि नै कम्प्युटर तालिम अनिवार्य छ । त्यही अनुरुपमा शिक्षा सेवा आयोगले पनि नवप्रवेशी शिक्षकलाई कम्प्युटर अनिवार्य गर्न सक्थ्यो । तर, गरेन बरु कम्प्युटरसँग सम्बन्धित प्रश्न चाहिँ सोध्ने प्रयास ग¥यो । जसले शिक्षकमा कम्प्युटर सिक्नुपर्छ भन्ने जानकारी छ तर सिक्नुपर्ने जरुरी देखेनन् ।

हाल बिद्यालयमा कक्षा ६ देखि नै कम्प्युटर शिक्षा लागू गरिएको छ, जुन २०७१ सालदेखि हो । पाँच वर्षको अवधिमा बिद्यालयमा कम्प्युटर शिक्षक खै ? कम्प्युटर खै ? ल्याव खै ? तालिम खै ? अनि कसले कसरी पढाउने ? बिना जनशक्ति लागू गरिएको यो कम्प्युटर शिक्षा, कसले कसरी र विद्यार्थीले के सिके ? प्रश्नको उत्तर आफै आउँछ । कम्प्युटर अनुदान नदिएको होइन, तर सिमित कम्प्युटर मात्र । त्यही पनि कम्प्युटर ल्याबको अभाव छ । तालिम पनि नदिएको होइन, तर प्रगोगात्मक कतिको भएको छ कुनै लेखाजोखा छैन । न शिक्षकलाई वास्ता छ, न बिद्यालय प्रशासनलाई, न त विद्यार्थीलाई । किताब छ, परीक्षा हुन्छ, विद्यार्थी उत्तीर्ण हुन्छ । बस त्यति मात्रै । अझ अहिले उद्धार कक्षा नीतिले गर्दा त्यति जिम्मेवार भएको पनि पाइँदैन ।

बिद्यालय तथा सरोकारवालाहरु पनि कम्प्युटर शिक्षाप्रति जिम्मेवार देखिँदैनन् । बिद्यालयमै कम्प्युटर, नेट सुबिधा हुँदा पनि सिक्ने प्रेरित गरेको पाइँदैन । कम्प्युटरका आधारभूत ज्ञान पनि नभएका शिक्षक छन् । तिनीहरुलाई सिक्ने अवसर वा हौसला कतिको प्रदान गरियो । त्यो सरोकारवालाले जान्ने कुरा हो । शिक्षक आफू पनि चासो दिएर लाग्नुपर्ने हो । प्रायः शिक्षक विभिन्न बहानामा तर्किने गर्दछन् । ताकी आफूलाई समयसापेक्ष परिवर्तन गर्नुको सट्टा । सायद यसको उपयोगिता नबुझेर पनि हुन सक्छ । प्रयोगको तरिका थाहा नपाएर हुन सक्छ । त्यसकारण सरोकारवालाले यस सम्बधित कार्यक्रम तथा तालिमको ब्यवस्था गर्न जरुरी देखिन्छ ।

त्यस्तै इन्टरनेटको कुरा गरौं । अहिले स्मार्ट फोनले गर्दा जोसुकै इन्टरनेटको पहुँचमा हुन्छ । जहाँसुकै जतिबेला पनि इन्टरनेटको प्रयोग गर्न सक्छौं । ब्यक्तिगत प्रयोजनका लागि बढी इन्टरनेटको प्रयोग गरेको पाइन्छ । अझभन्दा सामाजिक सञ्जालका लागि बढी प्रयोग गरिन्छ इन्टरनेट । सामाजिक सञ्जालमा पनि बढी फेसबुक प्रयोग गरिन्छ । धेरै फेसबुकमा आबद्ध छन् । कसैलाई फेसबुक नै नेट भन्ने छ, त्योदेखि बाहेक केही हुन्न भन्ने पनि छ । ताकी भनाइ नै छ इन्टरनेटले विश्वलाई एउटा गाउँ जस्तै बनाइ सक्यो । त्यति हँुदा पनि यसको ज्ञानबाट किन टाढा रहने ? जब कि आवश्यक जानकारी तथा ज्ञान सहजै प्राप्त गर्न सकिन्छ इन्टरनेटमा चाहे जुनसुकै प्रयोजनका लागि होस् । यहाँ चर्चा गर्न खोजिएको कुरा चाहिँ शिक्षणसँग जोड्न खोजिएको हो ।

बिद्यालयमा आइसीटीलाई भित्र्याउन सकिएन अर्थात् कक्षाकोठासम्म पु¥याउन सकिएन । यसका विविध कारण छन् । ती कारणमध्ये शिक्षक एक हुन् । दोस्रो बिद्यालय प्रशासन वा सरोकारवाला हुन् । शिक्षकले आधारभूत ज्ञान हासिल गर्न चाहेन आइटीसीको न पाठ्यवस्तु सम्बन्धी इन्टरनेटमा खोज्ने प्रयास गर्यो । जे छ जसो छ पाठ्यपुस्तकलाई सर्वेसर्वा ठान्यो । अनि बिद्यार्थीमा पढाइको चासो छैन भनेर आरोप लगायो । अरुचीको बारेमा न कसैले सोधीखोजी गर्यो । बुझ्नुपर्ने कुरा के हो भने २१औं शताब्दीमा जन्मेका बच्चालाई १८औं शताब्दी जसरी शिक्षणले कसरी रुची जगाउने ? ताकी सामाज प्रविधिमा धेरै अघि बढिसक्यो । तिनै समाजका बच्चाले अब परम्परागत शिक्षणलाई पत्याउला त ? साच्चै भन्नुपर्दा शिक्षण सम्बन्धी धेरै वेबसाइटहरु उपलब्ध छन् । त्यसैले गर्दा खासै शिक्षकलाई शिक्षण सामग्रीमा मेहनत पनि गर्नु पर्दैन । सबै सामग्री तयारी छन् । मात्रै प्रयोग गर्ने दृढता आवश्यक छ ।

थोरै तौरतरिकाको आवश्यकता छ । युट्युव सबैभन्दा सजिलो माध्यम हो । जसमा हर प्रकारका शिक्षण सम्बन्धी सामग्री उपलब्ध छन् । त्यस्तै सीडीसीको वेबसाईटमा पनि धेरै सामग्री राखिएको छ । कहुट, इड्मोडो, क्यिजेज उपयुक्त साइटहरु हुन् । कति अफलाइन पनि उपलब्ध छन् । त्यस्तै स्मार्ट बोर्ड छ, तर देख्न सिक्न पाएका छैनन् । ब्यावसायिक रुपमा निर्माण गरिएका त कति छन् कति । यदि खरिद गर्न सकिँदैन भने निःशुल्क उपलब्ध हुने एप्लिकेशन नै पर्याप्त हुने छन् ।

अर्कोतिर भने बिद्यालय प्रशासन तथा सरोकारवालाहरुले पनि आइसीटी बेस्ड शिक्षणमा खासै चासो देखाएन । शिक्षकलाई हौसला दिन कञ्जुस्याइँ गरे । त्यो वातावरणमा तयार पार्न झन्झटिलो माने । आइसीटी अनुदान बिद्यालयमा आयो, ल्याव बन्यो तर न विद्यार्थी लाभान्वित भए न शिक्षकले वृत्ति विकास गर्न पाए । मात्रै बिद्यालयको त्यो विशेषता बन्यो । इन्टरनेट मात्रै वाइफाई मोबाइलमा जोडेर सामाजिक सञ्जाल चलाउने माध्यम बन्यो । तर, शिक्षण प्रयोजनमा खासै प्रयोग आएन । न गर्न नै चाहे ।

अबको उपयुक्त बाटो भनेको सरोकारवालाले आइसीटी शिक्षा दिनु नै हो । बिद्यालयमा ल्याव भएर पनि शिक्षकलाई त्यस सम्बन्धी तालिमको ब्यवस्था नगर्नु कमजोरी हो । पालिकाको शिक्षा शाखाले पनि शिक्षकलाई प्रविधिमैत्री बनाउन विशेष कार्यक्रम ल्याउनुपर्ने हुन्छ । सबै शिक्षकलाई एकै पटक दिन सकिँदैन । बिद्यालयसँग सहकार्य गरेर आफ्नै विद्यालयमा पनि तालिम दिन सकिन्छ । अर्को कुरा बिद्यालयले पनि आवश्यकता अनुसार आफै तालिम नगराउनु पनि हो । अन्य बिषयगत समिति गठन गरिरहँदा तालिम समिति गठन गरेर समयसापेक्ष तालिम बिद्यालय आफैले गर्न सक्छ । तर, त्यसो गरेको पनि देखिँदैन ।

कक्षाकोठामा मात्रै शिक्षण, सिकाइ सफल हँुदैन । अतः शिक्षक, अभिभावक, सम्बन्धित सरोकारवाला निकायहरुले समयसापेक्ष आइसीटीलाई कक्षाकोठासम्म पु¥याउन ध्यान दिनुपर्ने देखिन्छ । नत्र प्रविधिको युगमा यस्तै शिक्षणले केवल नाममात्रको शिक्षण मात्रै हुनेछ, पट्यारलाग्दो हुनेछ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here