कर्जा लगानी जोखिम व्यवस्थापन तालिम

१ जेष्ठ २०७६, बुधबार मा प्रकाशित

बिर्तामोड।

अक्सफोर्ड एकाडेमिक ट्रेनिङ सेन्टर बिर्तामोडको आयोजना तथा बैंकिङ्ग ट्रेनिङ इन्स्टीच्युट काठमाडौंको सहकार्यमा सहकारीमा कर्जा लगानी तथा जोखिम व्यवस्थापन सम्बन्धी तालिम सम्पन्न भएको छ ।

सहकारी संस्थाहरुलाई कर्जा लगानीको लागि आवश्यक पर्ने विभिन्न कानूनी विषयदेखि कागजात व्यवस्थापन, धितो मुल्यांकन, वित्तीय कारोबार गर्ने वचत तथा ऋण सहकारीहरुले कर्जा लगानी गर्दा अपनाउनुपर्ने विधि र उपायका बारेमा तालिम प्रदान गरिएको प्रशिक्षक बैंकिङ्ग ट्रेनिङ इन्स्टीच्युट काठमाडौंका चन्द्रबहादुर ठकुरीले बताए ।

तालिममा झापाका १९ वटा सहकारीका ४५ जनाको सहभागिता रहेको अक्सफोर्ड एकाडेमिक ट्रेनिङ सेन्टर बिर्तामोडका बैंकिङ्ग ट्रेनिङको अर्डिनेटर सुवर्ण कुँवरले जानकारी दिए । तालिममा सहभागीहरुले तालिम फलदायी रहेको बताउँदै तालिममा सिकेका कुराहरुले कर्जा लगानी जोखिम न्यूनीकरण गर्न सक्षम हुने बताए ।

त्यस्तै अक्सफोर्ड एकाडेमिक ट्रेनिङ सेन्टर बिर्तामोडको आयोजना तथा बैंकिङ्ग ट्रेनिङ इन्स्टीच्युट काठमाडौंको सहकार्यमा बजार प्रतिनिधिको काम कर्तव्य र दायित्व सम्वन्धी तालिम सम्पन्न भएको छ ।

वित्तीय कारोबार गर्ने बचत तथा ऋण सहकारी संस्थाहरुमा काम गर्ने बजार प्रतिनिधीहरुलाई बचत तथा शेयर सदस्यता बृद्धि , बचत बृद्धि , असल ऋणीको खोजी लगायतका बिषयमा तालिम प्रदान गरिएको प्रशिक्षक बैंकिङ्ग ट्रेनिङ इन्स्टीच्युट काठमाडौंका प्रमुख कार्यकारी अधिकृत नवराज शर्मा उपाध्यायले बताए ।

तालिममा झापाका दुई वटा सहकारीका ४० जनाको सहभागिता रहेको अक्सफोर्ड एकाडेमिक टूेनिङ सेन्टर बिर्तामोडका बैंकिङ्ग ट्रेनिङ को–अर्डिनेटर सुवर्ण कुँवरले जानकारी दिए ।

तालिममा सहभागीहरुले तालिम फलदायी रहेको बताउँदै तालिममा सिकेको शिक्षाले कार्यक्षेत्रमा गएर आत्मविश्वासले काम गर्ने बताए । अक्सफोर्ड एकाडेमिक ट्रेनिङ सेन्टरले शिक्षा, स्वास्थ्य र वाणिज्य विषयमा तालिम प्रदान गर्दै आइरहेको अक्सफोर्ड एकाडेमिक ट्रेनिङ सेन्टर बिर्तामोडका प्रवन्ध निर्देशक केशव मैनालीले बताए ।

प्रतिकृया व्यक्त गर्नुहोस् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here