६ बर्षीया बालिका बलात्कृत

0
933

भद्रपुर।

झापाको हल्दिवारीमा ६ बर्षीया बालिका बलात्कृत भएकी छिन् । बालिकालाई बलात्कार गर्ने किशोर फरार रहेको प्रहरी कार्यालय झापाले जनाएको छ ।

हल्दिबारी गाउँपालिका–३ बस्ने अन्दाजी १६ वर्षीय किशोरले छिमेकी बालिकालाई जबरजस्ती करणी गरेको प्रहरी कार्यालय झापाका प्रहरी नायव उपरीक्षक (डीएसपी) महेन्द्रकुमार श्रेष्ठले जानकारी दिए ।

स्थानीय एक विद्यालयको बाल बिकास कक्षामा अध्ययनरत् ती बालिकालाई सोही विद्यालयमा पढ्ने किशोरले बलात्कार गरेको पीडितका परिवारले प्रहरीमा उजुरी दिएको छ ।

प्रहरीका अनुसार गत विहीबार बेलुका विद्यालयबाट घर फर्किने क्रममा मकैबारीमा फलेको पुटुकी खान जाउँ भन्दै बालिकालाई जबरजस्ती करणी गरेको थियो । बलात्कृत बालिका रुँदै घर पुगेपछि घटना बाहिरिएको हो ।

ती किशोरले यसअघि पनि ती बालिकालाई पटक–पटक बलात्कार गरेको समेत खुलेको छ । हाल बालिकाको मेची अञ्चल अस्पतालमा उपचार भइरहेको छ । घटनापछि पीडित बालिकाका परिवारजनले प्रहरी चौकी वडाबारीमा उजुरी दिएको छ । यता प्रहरी कार्यालय झापाले फरार रहेका किशोरको खोजी कार्य गरिरहेको डीएसपी श्रेष्ठले बताए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here