१०० घुस दिने चालक पक्राउ

0
338

झापा।

प्रहरीलाई एक सय रुपैयाँ घुस दिन खोजेको आरोपमा एक सवारी चालक झापामा पहिलोपटक पक्राउ परेका छन् । प्रहरीले, आफूलाई घुस दिन खोज्ने व्यक्तिलाई रंगेहात पक्राउ गरेको बताएको छ । यस्तो प्रकृतिको समाचार झापामा सम्भवतः पहिलोपटक सार्वजनिक भएको हो ।

पूर्व–पश्चिम महेन्द्र राजमार्ग अन्तर्गत झापाको मेचीनगर–१३ चारआली चौकमा सवारीसाधनका कागजपत्र चेकजाँच गर्नेक्रममा प्रहरीलाई एक सय रुपैयाँ घुस दिन खोज्ने रामकुमार लिम्बूलाई प्रहरीले पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

पश्चिमबाट पूर्बतर्फ जाँदै गरेको ना३ख ५७९६ नम्वरको ट्रकको चालकले सवारी चालक अनुमति पत्रै बिना यातायातको साधन चलाएको ड्युटीमा रहेका प्रहरीले फेला पारेका थिए । प्रहरीले चालक अनुमति पत्र माग्ने वित्तिकै चालकले एक सयको नोट निकालेर मिलाइदिन प्रहरीलाई अनुरोध गरेका थिए ।

झापा अर्जुनधारा नगरपालिका–२ बस्ने बर्ष ४२ वर्षीय लिम्बूले प्रहरीलाई पैसा दिएर प्रलोभनमा पारेको भन्दै उनलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यलय झापाले जारी गरेको प्रेस नोटमा उल्लेख छ । चालक लिम्वूलाई इलाका प्रहरी कार्यालय धुलावारीमा अनुसन्धानका लागि राखिएको प्रहरीले जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here