वीपीको विचारलाई अनुशरण गरौं

0
746
ओम आचार्य

वीपी कोइराला २०३३ सालतिर भारतको निर्वासित जीवन एकाएक छोडेर ‘राष्ट्रिय एकता तथा मेलमिलाप’ भनेर नेपाल प्रवेश गरे । उनको प्रवेश पनि तत्कालीन व्यवस्थाले ‘चुनौति’ ठान्यो र हर सम्भव रोक्न प्रयास गर्यो ।

तर, वीपीको दृढ निश्चय, उच्च मनोबल र राष्ट्रप्रेमको अगाडि चुनौति ठान्ने निरीह बने । वीपीको त्यो राष्ट्रिय मेलमिलाप कुन पृष्ठभूमि र कुन परिवेश मा जन्मिएको थियो । त्यो तत्कालीन शासकले बुझ्न सकेन या बुझ्न सकेन । त्यसैको परिणती आजको वर्तमान अवस्था हो र यो अवस्थालाई आमन्त्रण गर्ने नेपाली कांग्रेस नेतृत्व लिएर बसेका पनि त्यति नै जिम्मेवार छन्, जति ०६२ साल पूर्व शासक ।

वीपीको राष्ट्रिय एकता तथा मेलमिलाप उनी नेपाल प्रवेश गर्दाको तत्कालीन समय र परिस्थिति यो औचित्य र अहिले वीपीको त्यो दर्शन झन् सार्थक र औचित्यपूर्ण देखिँदैछ । २०३३ सालमा त्यो दर्शन त्यो नीति नबुझेका या बुझ्न नचाहेका या बुझेर पनि ग्रहण नगरेकाले जुन दुर्घटना देखे अब त्यसो नगर्लान् र नेपाली कांग्रेसले पनि वीपीको नीति दर्शनलाई कांग्रेसले परिचय नबनाएकोले कांग्रेसको मौजुदा अवस्था भएको हो ।

नेपाली कांग्रेसले पौष १६ गते मेलमिलाप दिवस मनाउँछ । त्यो दिन मञ्चमा हुने कार्यक्रममा वीपीको तस्वीर राखेर त्यहाँ माल्यार्पण गरिन्छ । तर, त्यो मञ्चबाट वीपीको मेलमिलापको ब्याख्या हँुदैन, त्यो दर्शनको चर्चा हुँदैन । अहिलेका युवापुस्ता नेपाली कांग्रेसमा नेतृत्व लिन खोज्दै छन् । तर, यिनीहरुले वीपीको विचार, वीपीको दर्शन कति बुझेका छन् या कति बुझाउन सक्छन् ? मलाइ लाग्छ अहिले गाउँ–गाउँमा जन–जनमा कार्यकर्ता–कार्यकर्तामा वीपीको विचार पु¥याउनु पर्छ । विचार धेरै शक्तिशाली हुन्छ । आज नेपालमा यही विचार माक्र्स, लेनिन, स्टालिन, माओको विचार सबैतिर सम्प्रेषित छ, यही विचारले नेपाल पोषित हुन खोजिरहेको छ यही विचारको साहित्य, राजनीतिले ठाउँ लिन खोजिरहेको छ ।

नेपाली कांग्रेको नेता, कार्यकर्ताले वीपीको विचार बोकेको भए, त्यसलाई मनन् गरेको भए, धारण गरेको भए कुनै पनि नेताले कही पनि शिर निहुराउनु पर्दैनथ्यो । कही पनि झुक्नु पर्दैनथ्यो र कही पनि चरित्रमा दाग लाग्दैनथ्यो । ऊ यति निर्भय हुन्थ्यो, ऊ विचारको यति सम्पन्न हुन्थ्यो, यति बौद्धिक हुन्थ्यो कि कही पनि बौद्धिक दरिद्रता, विचारको दरिद्रता प्रकट गर्नु पर्दैनथ्यो । नेपाली कांग्रेसमा पार्टी बहिर्गमन हुने मुख्य कारण नै वीपी प्रति निष्ठा प्रतिबद्धता नभएर नै हो र यस्ताबाट पार्टीलाई दीर्घकालसम्म नेतृत्व दिन सक्तैनन् जो वीपीको विचारमा, दर्शनमा समाहित हुन्छ ती पार्टीमा जीवन प्रयन्त रहन्छ । त्यस्तैमा कूलबहादुर गुरुङलाई लिन सकिन्छ ।

नेपाली कांग्रेसले आफ्ना महामानव नेता, जननायक नेता वीपीलाई चिनाउन सकेन । जनस्तरसम्ममा पु¥याउन सकेन । वीपीबाट लेखिएको थुप्रै साहित्य, वीपीको जीवनीमा लेखिएको कथा, आत्मवृतान्त, जेल जर्नल, मेलमिलाप सम्बन्धी लेखेका पुस्तक उनको विचार, उनको दर्शन जन–जनमा, घर–घरमा कार्यकर्तामा पु¥याउने काम कहिले गरेन । नेपाली कांग्रेसले ठूलो परिमाणमा उक्त पुस्तकहरु प्रकाशन गरेर प्रत्येक घर–घरमा पु¥याउनु पर्छ ।

प्रत्येक धुरीमा प्रत्येक घरमा वीपीको विचार दर्शन पु¥याउनु अब जरुरी भइसकेको छ । यी पुस्तकहरु जसले पढ्छ अध्यययन गर्छ त्यो वीपीको अनुनायी नहुने कुरै छैन । यसलाई नेपाली कांग्रेसले गम्भीर रुपमा लिओस् र हेरोस् नतिजा कमसेकम अहिलेदेखि बिज त लगाओस् अनि हेरोस् ।

तपाईलाई थाहा छ विश्वमा धर्म, विचार र दर्शन कसरी अगाडि बढिरहेको छ, कसरी आफ्नो साम्राज्य फैलाई रहेको छ, त्यहाँ विचार दिने दर्शन दिने र धर्म गुरुहरु अवतारीहरुको उपस्थिती भइरहनु पर्दैन विचार दर्शन त्यहाँसम्म पु¥याए पुग्छ । तपाईलाई थाहा छ तिब्बतमा जुन धर्मको चर्चा गरिन्छ त्यो सबैभन्दा पछी आएको हो, त्यो पनि दहेजमा, उत्तर कोरिया, जापान, चीन, कम्बोडिया सबै ठाउँमा पुग्यो र अन्त्यमा तिब्बतमा आयो । त्यतिखेर तिब्बतमा तत्कालीन राजा धेरै शक्तिशाली र क्रुर थिए । उनको दबदबा र प्रभावबाट बच्न चीनका राजाले र नेपालका लिच्छवीकालीन राजा अंशुवर्माले आफ्नी छोरी भृकुटी तिब्बतका राजा स्रंगचंगगम्पोलाई आफ्नो छोरी दिँदा चीन र नेपालले बुद्धको मूर्ति ताराको मूर्ति र बौद्ध साहित्यका पुस्तकहरु समेत छोरीसँगै दाइजोमा दिएका थिए ।

जब तिब्बतको राजाको आँखा ती मूर्तिमा परे र बौद्ध साहित्य अध्ययन गरे तब सदाका लागि उनको भए । अर्थात् बुद्धिष्ट भए र जब राजाले धर्म स्वीकार गरे र हेर्दाहेर्दै सम्पूर्ण तिब्बत ‘बुद्ध शरणं गच्छामी, धम्मं शरणं गच्छामी’ भयो । कोरियाका राजा जापानसँग खुब डराउँथे । अतः उनले सन्धी प्रस्तावको रुपमा एक दूतलाई भगवान बुद्धको बिग्रह, पूजा पद्धति र उनको कथाहरु जापानको राजालाई पठाए र केही दिनभित्रै यसप्रकार कोरियाबाट बुद्ध धर्म जापान पुग्यो । माक्र्स, लेनिन माओ पनि त्यसरी नै प्रचारित भएका हुन् । त्यसरी नै यिनीहरुको अनुनायी भएका हुन् ।

नेपाली कांग्रेसमा नेतृत्व लिएर बसेकाहरुले केन्द्रीय समितिका पदाधिकारीहरुले यी माथिका कुरा यी माथिका उदाहरणलाई मजÞाकÞ, ठट्टाको रुपमा न लिउन् । वीपीको विचार दर्शन त्यसै पनि जिवित छन् । प्राण प्रतिष्ठित छन् । यसमा शंका नगर्नुहोस् । संसय नगर्नुहोस् र वीपीलाई वीपीको तस्वीर, पुस्तक घर–घरमा पु¥याउनुहोस् अनि हेर्नुहोस् नेपाल वीपीमय हुन्छ, कांग्रेसमय हुन्छ, चारतारामय हुन्छ ।

आचार्य नेपाली कांग्रेस मोरङ जिल्लाका प्रशिक्षण विभागका सदस्य हुन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here