मनकामनाका विद्यार्थीलाई चुनावी शिक्षा

0
536

बिर्तामोड।

झापाको बिर्तामोडस्थित मनकामना सेकेण्डरी स्कूलमा अध्ययनरत् विद्यार्थीहरुलाई चुनावी शिक्षा प्रदान गरिएको छ ।

चुनावी प्रक्रिया अपनाएर विद्यालयमा क्याप्टेन, भाइस क्याप्टेन, हाउस क्याप्टेन, भाइस क्याप्टेन चयन गरेर उनीहरुलाई चुनावी शिक्षा प्रदान गरिएको विद्यालयका प्रिन्सिपल केशव ढुंगानाले बताए । उक्त निर्वाचन कार्यक्रममा आठ पदका उम्मेद्वारका लागि १८ जना बिद्यार्थीले उमेद्वारी दर्ता गराएका थिए । जसमध्ये चार जना क्याप्टेन र चार जना भाइस क्याप्टेन गरी जम्मा आठ जना उमेद्वार निर्वाचनबाट निर्वाचित भएको प्रिन्सिपल केशव ढुंगानाले जानकारी दिए ।

गत बैशाख २७ गते २१ जना बिद्यार्थीले विभिन्न पदमा उम्मेद्वारी दर्ता गराएका थिए । बैशाख ३० गते भएको उम्मेद्वारी फिर्तामा तीन जना विद्यार्थीले आ–आफ्नो उम्मेद्वारी फिर्ता लिएका थिए । १८ जना उम्मेद्वारहरुले बैशाख ३१ गते ककसमार्फत उम्मेद्वारी दिनुको औचित्यमाथि प्रकाश पारेका थिए ।

जेठ १ र २ गते विद्यार्थीहरुसँग भोट मागेका उम्मेद्वारहरुले ३ गते निर्वाचनमा भाग लिएको निर्वाचन अधिकृत शिक्षक ओम कडरियाले जानकारी दिए । सम्पूर्ण चुनावी प्रक्रिया पूरा गरी शुक्रबार निर्वाचन गरिएको थियो । शुक्रबार भएको निर्वाचनका लागि पुल ए र पुल बि गरी दुईवटा पंक्ति बनाइएको र पुल ए मा निर्वाचन अधिकृतमा बन्दना अधिकारी र पुल बि का निर्वाचन अधिकृतमा किशोर नेपाललाई चयन गरिएको थियो ।

विद्यालयमा कक्षा ४देखि कक्षा १० सम्म अध्ययनरत् चार सय ४० जना बिद्यार्थीले मतदानमा भाग लिएका थिए । प्रत्येक बर्ष विद्यार्थीहरु आ–आफ्नै सदनको मतदान प्रक्रियाबाट नेतृत्व चयन गरिँदै आएको उज्यालो मनकामना बाल क्लबका सल्लाहकार ध्रुव गौतमले बताए । निर्वाचन प्रक्रियाबाट छनौट गरिएको नेतृत्वले विद्यार्थीहरुमा सकारात्मक नेतृत्व प्रणाली स्थापित हुने प्रशिक्षक सरोज पौडेलले बताए ।

शुक्रबार भएको निर्वाचनबाट यल्लो हाउसको क्याप्टेनमा नबिना खत्री, भाइस क्याप्टेनमा अर्पण घिमिरे, ब्लु हाउसको क्याम्टेनमा रोशन ढुंगेल, भाइस क्याप्टेनमा स्वरुप विक, ग्रीन हाउसको क्याप्टेनमा श्रेया ढुंगाना, भाइस क्याप्टेनमा डेनिका पाठक, रेड हाउसको क्याप्टेनमा अर्पण घिमिरे, भाइस क्याप्टेनमा अर्चना पौडेल निर्वाचित भएका थिए ।

त्यस्तै स्कूल क्याप्टेनमा अनुसा नेङ्माङ र भाइस क्याप्टेनमा अस्मिन दंगाल निर्वाचित भएका थिए । बिजयी विद्यार्थीलाई विद्यालयका प्रिन्सिपल केशव ढुंगानाले दोसल्ला तथा ब्याज वितरण गर्दै शुभकामना दिएका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here