बिर्तामोड।
वीरता जेसीजले बिर्तामोड नगरपालिकाका स्वीपर सुरेन्द्र मल्लिकलाई नगद तथा खाद्यान्न प्रदान गरेको छ ।
सुरेन्द्रका पिता महेन्द्र मल्लिकको निधन भएपछि सुरेन्द्रलाई सहयोग गरिएको हो । बिर्तामोड नगरपालिकाका स्वीपर मल्लिकको घरमा वीरता जेसीजका अध्यक्ष विशाल थापाको नेतृत्वमा पुगेको टोलीले नगद पाँच हजार र समाजसेवी जिम्मि सिटौलाले उपलब्ध गराएको एक बोरा चामल प्रदान गरेका थिए ।
वीरता जेसीजका अध्यक्ष विशाल थापा, महासचिव कुशल खतिवडा र तालिम संयोजक अमरजीत शाह लगायतले नगद र खाद्यान्न प्रदान गरेको सामाजिक सञ्जाल संयोजक जेसी सञ्जय राजवंशीले बताए ।
कार्यक्रममा कृष्णप्रसाद ओझा र छत्रबहादुर कट्टेलले वीरता जेसीजले गरेको कार्यको प्रशंसा गरेका थिए ।