‘खोज र थाहा’को विमोचन

0
951

झापाको दमकमा आयोजित कार्यक्रमकम बीच खोज र थाहा नामक पुस्तकको बिमोचन गरिएको छ ।

जनजागरण सामाजिक अभियान (नेपाल)ले प्रकाशन गरेको उक्त पुस्तकको बिमोचन वरिष्ठ लोकगायक एलपी जोशीले गरे । दाहाल प्रतिष्ठान दमक नगर समितिको आयोजनामा भएको कार्यक्रममा पुस्तकको विमोचन गरिएको हो ।

जनजागरण सामाजिक अभियान (नेपाल)का संयोजक खगेन्द्र दाहालको अध्यक्षतामा भएको कार्यक्रममा खोज र थाहा पुस्तकको समिक्षा साहित्यकार धनकुटे कान्छाले गरेका थिए ।
दाहाल प्रतिष्ठान दमक नगर समितिका अध्यक्ष पारसमणि दाहालले स्वागत गरेको कार्यक्रममा दाहाल प्रतिष्ठानका महासचिव पुण्यप्रसाद दाहालले शुभकामना मन्तव्य राखेका थिए ।

श्रीकृष्ण मूर्ती (प्रवास) र ‘किसान’ के पिडीतद्वारा लिखित पुस्तकमा १९ वटा विभिन्न विषयमा खोज गरिएका विषयहरु समेटिएको लेखक खगेन्द्र दाहालले बताए । आफ्नै खोज, सत्य–तथ्य र मौलिकतामा आधारित पुस्तक खोज र थाहा भाग–१ भएको उनले बताए । कार्यक्रमको सञ्चालन भीम दाहालले गरेका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here