कालीझोडामा दुई मोटरसाइकल ठोक्किँदा एकको मृत्यु

0
524

झापा,

दुई वटा मोटरसाइकल एकापसमा ठोक्किँदा झापामा शनिवार एक जनाको मृत्यु भएको छ भने दुई जना गम्भीर घाइते भएका छन्।

जिल्ला प्रहरी कार्यालय झापाका अनुसार पूर्व–पश्चिम राजमार्गअन्तर्गत मेचीनगर–१२ स्थित कालीझोडामा पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको मे ९ प १७८४ नम्बरको मोटरसाइकल र विपरीत दिशाबाट आउँदै गरेको मे ४ प ८१८६ नम्बरको मोटरसाइकल एक आपसमा ठोक्किएको थियो।

सवारी दुर्घटनामा परी ८१८६ नम्बरको मोटरसाइकल चालक मेचीनगर–१४ दुवागढीका ४१ वर्षीय अर्जुन सुनुवारको मृत्यु भएको प्रहरी कार्यालय झापाका प्रहरी नायब उपरीक्षक महेन्द्रकुमार श्रेष्ठले जानकारी दिए।

सुनुवारको उपचारको क्रममा मृत्यु भएको हो।  त्यस्तै, १७८४ नम्बरको मोटरसाइकल चालक इलाम देउमाई नगरपालिका–३ का २९ वर्षीय प्रेमबहादुर मगर र सोही. मोटरसाइकलपछाडि सवार सुनसरीको इटहरीकी एक युवती गम्भीर घाइते भएका छन्। घाइते दुवै जनाको उपचार भइरहेको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here