काठमाडौं,
झापाबाट काठमाडौंतर्फ आउँदै गरेको बस त्रिशुलीमा खसेको छ।
धादिङको गजुरी–६ बाट यात्रुबहाक बस त्रिशुली नदीमा खस्दा हालसम्म ३ जनाको शव भेटिएको धादिङका प्रहरी प्रमुख प्रहरी उपरीक्षक राजकुमार बैदवारले थाहाखबरलाई जानकारी दिए। हालसम्म बसको नम्बर खुलेको छैन।
बसमा कति यात्रु थिए र के कारणले दुर्घटना भएको हो भन्ने बारेमा पनि यकिन नभएको बैदवारले बताए। प्रहरी घटनास्थल पुगी मृतक र घाइतेहरुको खोजी तथा उद्धार कार्य सुरु गरिसकेको उनले बताए। घटनाको थप विवरण आउन बाँकी छ।