चार दिन पछि कञ्चनजंघा आरोहणका क्रममा ज्यान गुमाएका दुईको शव निकालियो

0
490

ताप्लेजुङ,

विश्वको तेस्रो अग्लो हिमाल कञ्चनजंघा आरोहणका क्रममा गएको बुधबार ज्यान गुमाएकाहरुको शव आईतबार निकालिएको छ ।

आरोहणका क्रममा ज्यान गुमाएका भारतिय नागरिक ४८ वर्षिय बिप्लब बैद्य र ४६ वर्षिय कुन्तल करारको शव निकालिएको हो । उनिहरुको चौथो आधार शिविरमा मृत्यू भएको थियो ।

मृतकको शव दोश्रो शिविर सम्म झारेर त्यहाँबाट हेलिकप्टर मार्फत सुकेटार विमानस्थल हुँदै काठमाण्डौ लगिएको छ । उनिहरु संगै सम्पर्क विहिन बनेका चिलीका पर्वतारोहि भने फेला परेका छैनन् । उनको खोजीका लागि शेर्पाहरुको टोलीले प्रयास गरे पनि फेला पर्न नसकेको उद्धारमा गएका मिङ्मा शेर्पाले बताउनुभयो ।

पिक प्रमोशन प्रालिबाट आरोहणका लागि गएका मध्ये दुई जनाको मृत्यु भएको थियो भने दक्षिण अमेरिकी मुलुक चिलीका आरोही रोड्रिगो भिभ्यान्चो हराइरहेका छन् । आरोहणका क्रममा बिरामी परेका दुई भारतीय र एक जर्मनी नागरिकको काठमाडौँमा उपचार भइरहेको छ ।

उनीहरूलाई हेलिकप्टरबाट तत्काल उद्धार गरी काठमाडौँ लगिएको थियो । ८ हजार ५ सय ८६ मिटर उचाइको कञ्चनजंघामा यो सिजनमा ३४ जनाले आरोहण अनुमति लिएका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here