नेरेसो केन्द्रीय सदस्यमा ढकाल

0
615

बिर्तामोड।

नेपाल रेडक्रस सोसाइटीको केन्द्रीय सदस्यमा झापाका लोकराज ढकाल चयन भएका छन् ।

सरकारले रेडक्रसको वर्तमान कार्यसमितिका पदाधिकारीले अनियमितता गरेको भन्दै हालको केन्द्रीय कार्यसमिति विघटन गरी सोसाइटीका पूर्वउपाध्यक्ष प्रा.डा. विश्वकेशर मास्केको अध्यक्षतामा गठन गरेको १७ सदस्यीय तदर्थ कार्यसमितिको सदस्यमा नेपाल रेडक्रस सोसाइटी झापा शाखाका सभापति समेत रहेका ढकाल चयन भएका हुन् ।

जिल्ला प्रशासन कार्यालय काठमाडांैले नेपाल रेडक्रस सोसाइटीका वर्तमान अध्यक्ष सञ्जीव थापा नेतृत्वको कार्यसमिति विघटन गर्दै मास्केको अध्यक्षतामा तदर्थ कार्य समिति गठन गरेको हो ।

जिल्ला प्रशासन कार्यालयले संस्था दर्ता ऐन, २०३४ को दफा ११ बमोमिज रेडक्रसको वर्तमान कार्यसमिति विघटन गरिएको जानकारी दिएको छ ।समितिको महामन्त्रीमा झापाका कमलप्रसाद निरौला र कोषाध्यक्षमा धादिङका सीताराम कोइराला चयन भएका छन् ।

त्यस्तै सदस्यहरूमा झापाका लोकराज ढकाल, जाजरकोटका वीरबहादुर बस्नेत, सिन्धुलीका अशोक श्रेष्ठ, पर्साका श्याम पोख्रेल, बर्दियाका कृष्ण गौतम, महोत्तरीका दीपक मिश्र, बाँकेका गोवद्र्धन सम्झना, उदयपुरका महेश्वरी राई रहेका छन् ।

यसैगरी, दैलेखका खेमराज केसी, तेहथुमका श्रीकृष्ण दाहाल, कास्कीका दीपेन्द्र ढकाल, तनहुँका अरुण खनाल, कैलालीका जीवन राना र चितवनका तीर्थराज घिमिरे रहेका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here