झापामा बम आतंक, रतुवामा कुकरभित्र बालुवा फेला

0
655

बिर्तामोड ।

झापाको छुट्टा–छुट्टै स्थानमा शंकास्पद वस्तु राखेर त्रसित बनाइएको छ । नेपाल कम्युनिष्ट पार्टी विप्लव माओवादी आह्वान गरेको नेपाल बन्दका क्रममा सोमबार झापाका विभिन्न स्थानमा शंकास्पद वस्तु फेला परेका हुन् ।

दमक स्थित रतुवाखोलाको पुलमा भन्दा करिब ६० मिटर नजिकै भेटिएको शंकाश्पद बस्तु तर्साउनका लागि कुकरभित्र बालुवा हालेर राखेको पाईएको छ ।

नेपाली सेनाको बम डिस्पोजल टोली डिस्पोज गर्ने क्रममा बालुवामात्र भएको पाइएको हो । दिउसो १२ बजे बीच सडकमा शंकास्पद बस्तु देखिएपछि अवरुद्ध भएको सडक दुई घण्टापछि सुचारु भएको छ ।

यता झापाको दुधेस्थित झरना पुलमा शंकास्पद वस्तु फेला परेको छ । झरना पुलमा राखिएको वस्तु बम हुन सक्ने शंका गरिएको र उक्त स्थानमा नेपाली सेनाको टोली पुगेको प्रहरीले जनाएको छ ।

उता गौरादहको शंकास्पद् वस्तु डिस्पोज गर्नका लागि सेनाको टोली गएको जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी प्रवक्ता डीएसपी महेन्द्रकुमार श्रेष्ठले जानकारी दिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here