स्कुल ब्याग पाएपछि विद्यार्थी दंग

0
718

अर्जुनधारा।

झापाको अर्जुनधारास्थित अर्जुनधारा संस्कृत आदर्श माध्यमिक विद्यालयमा अध्ययनरत् विद्यार्थीहरु सोमबार खुशी देखिए ।

उनीहरु खुशीको कारण थियो स्कुल ब्याग प्राप्त गर्नु । उनीहरुलाई त्यो अवसर जुराइदिएको थियो बिर्तामोडस्थित सतासी बहुमुखी सहकारी संस्थाले । संस्थाको स्थापना दिवसको अवसर पारेर उक्त विद्यालयमा अध्ययनरत् एक सय २० जना विद्यार्थीहरुलाई स्कुल ब्याग वितरण गरेको संस्थाका व्यवस्थापक सन्तोष श्रेष्ठले जानकारी दिए ।

शैक्षिक सत्र शुरु भएसँगै विभिन्न स्थानबाट विद्यालयमा अध्ययन गर्न आउने विद्यार्थीहरुले ब्यागको अभावमा पाठ्यपुस्तकहरु जतन नगरीकन ल्याउने गरेको पाइएपछि विद्यार्थीहरुलाई स्कुल ब्याग प्रदान गरिएको संस्थाका अध्यक्ष रुद्रमणि श्रेष्ठले जानकारी दिए ।

सतासी बहुमुखी सहकारी संस्थाका अध्यक्ष रुद्रमणि श्रेष्ठको अध्यक्षता तथा अर्जुनधारा वडा नं. ७ का वडाध्यक्ष नवराम ढुंगाना नवीनको प्रमुख आतिथ्यमा कार्यक्रम भएको थियो ।

संस्थाको शिक्षा तथा तालिम समितिका संयोजक ध्रुव कनालले स्वागत गरेको कार्यक्रममा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष अम्बिकाप्रसाद खतिवडाले विद्यार्थीहरुलाई स्कुल ब्याग प्रदान गरेकोमा सहकारी संस्थालाई धन्यवाद दिएका थिए ।

संस्थाको सामाजिक उत्तरदायित्व अन्तर्गत विद्यार्थीहरुलाई स्कुल ब्याग वितरण गरिएको संस्थाका अध्यक्ष रुद्रमणि श्रेष्ठले बताए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here