मिर्गौला रोगी विश्वकर्माको उपचार गर्न आर्थिक अभाव

0
505

गोरखा ।

गोरखाको शहीद लखन गाउँपालिका–७ बुङकोटकी दुवै मिर्गौला फेल भएकी ३७ वर्षीया सावित्री विश्वकर्माको उपचार गर्न आर्थिक अभाव भएको छ । गएको माघ ३ गतेदेखि नियमित उपचार गर्दै आउनुभएकी विश्वकर्माको उपचार गर्दा रु १५ लाखभन्दा बढी खर्च भइसकेकाले थप रकम जुटाउन नसक्दा समस्या परेको परिवारले जनाएको छ ।

लामो समय काठमाडाँैको वीरेन्द्र प्रहरी अस्पतालमा महाराजगञ्जमा उपचार गर्दै आउनुभएकी उहाँको अहिले बुलन्दसिद्धि अस्पताल सामाखुशीमा नियमित डाइलासिस गर्दै आएको जेठाजु धनबहादुर विश्वकर्माले जानकारी दिनुभयो ।

परिवारमा श्रीमान् र दुईछोरा रहेकी विश्वकर्माको उपचारका लागि सबैसँग ऋृण गरेर अहिलेसम्म उपचार गरेको भएपनि अब ऋण खोज्ने ठाउँसमेत नभएको धनबहादुरले बताउनुभयोे ।

बिरामीको अवस्था विस्तारै कमजोर हँुदै गएकाले छिटोभन्दा छिटो मिर्गौला प्रत्यारोपण गर्नुपर्ने अवस्था भएको विश्वकर्माले जानकारी दिनुभयो ।

“चिकित्सकले सकेसम्म छिटो मिर्गौला प्रत्यारोपण गर्नुपर्छ भनेका छन्, तर आर्थिक जोहो गर्न सकिरहेका छैनौँ” विश्वकर्माले भन्नुभयो । मिर्गौला प्रत्यारोपणका लागि २०÷२५ लाख खर्च लाग्ने जानकारी चिकित्सकले गराएको उहाँले बताउनुभयो । गएको तीन वर्षअघिदेखि हातगोडा सुनिने, मुख फुलिनेलगायतका समस्या देखापरेपछि जिल्ला अस्पतालमा पटक–पटक जाँच गर्दा पाठेघरको समस्या भएको बताएको परिवारको भनाइ छ ।

पाठेघरको नियमित उपचार लामो समयसम्म निको नभएकी विश्वकर्माको गएको माघमा मात्र मिर्गौला फेल भएको पत्ता लागेको थियो । शुरु–शुरुमा औषधि खाएर निको हुने आसमा मासिक रु १२ हजारको औषधि खाने गरेको भएपनि झन्झन् समस्या बढ्दै गएपनि अहिले मिर्गौलाले कामै गर्न छाडेको चिकित्सकले जानकारी दिएको उहाँले बताउनुभयो ।

बिरामीको पछिल्लोपटक मासिक दुईपटक मिर्गौलाको डाइलासिस गर्दै आएको विश्वकर्माले जानकारी दिनुभयो । उपचारका लागि रकम अभाव भएपछि गाउँलेले समेत घरघरमा पैसा उठाएर रु ६० हजार रकम उपलब्ध गराएको उहाँले बताउनुभयो । “पैसा छैन भनेर मर्न दिन पनि सकिएन, विश्वकर्माले भन्नुभयो, उपचार गर्न पैसा कहीँबाट जुटाउन सकिएको छैन ।”

पछिल्लोपटक बुङ्कोटका स्थानीयवासीले बिरामीको उपचारका लागि रकम जुटाउन सहयोग रसिद नै बनाएर सहयोग सङ्कलन थालेका छन् । विश्वकर्माले बुहारी सावित्रीलाई मुत्युबाट जोगाउनका लागि सक्दो सहयोग गरिदिन सबैलाई आग्रहसमेत गर्नुभएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here