मोटरसाइकल चोरी गर्ने ६ जना पक्राउ

0
697

भक्तपुर ।

भक्तपुर प्रहरीले विभिन्न स्थानबाट मोटरसाइकल चोरी गर्ने ६ जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा रामेछापका विजय मानन्धर, ओखलढुंगाका प्रविन बरुवाल, प्रेमबहादुर कटवाल र भिजन कार्की त्यसैगरी खोटाङका सुरेश राई, सिन्धुपाल्चोकका उमेश तामाङ रहेका छन् ।

यसैगरी लागूऔषध ओसार–पसार तथा विक्री वितरण गर्ने एक जना पनि पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा धनकुटा साँगुरीगढी गाउँपालिका–७ का २४ वर्षीया राजेश राई रहेको महानगरीय प्रहरी परिसर भक्तपुरका प्रमुख प्रहरी उपरीक्षक हिमालयकुमार श्रेष्ठले जानकारी दिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here