झापासहित देशभरबाट ४ सय ३४ कैदीलाई आम माफी

0
412

 

झापा ।

सरकारले गणतन्त्र दिवसको अवसर पारेर ४ सय ३४ जना कैदीबन्दीलाई आम माफी दिने भएको छ ।

दिवसको अवसरमा सरकारले विभिन्न कसूरमा सजायँ भोगिरहेका ती कैदीहरुको भुक्तान हुन बाँकी कैदको सजायँ माफी दिने निर्णय गरेको हो ।

राष्ट्रपति विद्यादेवी भण्डारीले मन्त्रिपरिषद्को सिफारिसमा गणतन्त्र दिवसको उपलक्ष्यमा असल चालचलन भई कैदको सजाय छोट्याउन योग्य र उपयुक्त देखिएका कैदीलाई माफी दिने निर्णय गर्नु भएको हो ।

माधव राई समेत गरी ४ सय ३४ जना कैदीहरुको भुक्तान हुन बाँकी कैदको सजाय संविधानको धारा २ सय ७६ बमोजिम माफी भएको राष्टपति कार्यालयका प्रवक्ता छविन्द्र पराजुलीद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here