विद्यार्थीलाई शैक्षिक परामर्श

0
893

बिर्तामोड। बिर्तामोडस्थित ओली एण्ड एशोसिएट्सको आयोजनामा उच्च शिक्षा अध्ययन गर्न अष्ट्रेलिया जाने बिद्यार्थीलाई लक्षित गर्दै शैक्षिक परामर्श कार्यक्रम सम्पन्न भएको छ ।

ओली एण्ड एशोसिएट्सको आयोजनामा बिर्तामोडस्थित आदर्श व्यांक्वेटमा भएको कार्यक्रममा विद्यार्थी र अभिभावकसहित पाँच सयभन्दा बढीले सहभागिता जनाएका थिए ।

कार्यक्रममा सहभागी विद्यार्थी र अभिभावकहरुलाई उच्च शिक्षा अध्ययन गर्न अष्ट्रेलिया जाँदा अपनाउनुपर्ने सावधानी, अष्ट्रेलियाको कलेज तथा युनीभर्सिटीबारे जानकारी, त्यहाँ पढाई हुने बिषय, वातावरण लगायतका बारेमा ओली एण्ड एशोसिएट्सका सिइओ भवानीप्रसाद ओली, कन्ट्री म्यानेजर सुर्दशन शर्मा, आइटी र मार्केटिङ म्यानेजर विवेश शाक्य लगायतका परामर्श बिज्ञहरुले परामर्श दिएका थिए ।

त्यस्तै ओली एण्ड एशोसिएट्सका आइएलटिस इन्स्ट्रक्टर हरिप्रसाद ओलीले आइएलटिस र पिटीइ परीक्षा सम्बन्धी परामर्श दिएका थिए ।

कार्यक्रममा एसबीआई बंैक, माछापुछ«े बैंक, एभरेष्ट बैंकका प्रतिनिधिहरुले विद्यार्थीहरुलाई शैक्षिक ऋण लिन गर्नुपर्ने प्रक्रिया लगायत बंैकिङ प्रक्रियाका बारेमा जानकारी दिएका थिए । त्यस्तै बिर्तामोड वारिष्टा वार्कटेन्डीङ एकाडेमीले सहभागी बिद्यार्थीहरुलाई कफी बनाउने तरिकाबारे जानकारी गराएको ओली एण्ड एशोसिएट्सका बिर्तामोड प्रमुख अशोक अधिकारीले जानकारी दिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here