रेलले किच्दा दुई झापालीको मृत्यु, एक घाइते

0
1021

झापा,आफ्न्त भेटघाटका लागि भारतको बाघपुल नजीक मङ्पु पुगेका एक बालकसहित दुईजना नेपालीको भारतमा रेलले किचेर शनिबार मृत्यु भएको छ । मृत्युहुनेमा झापा जिल्ला मेचीनगर नगरपालिका—७ निवासी ३३ वर्षीय इन्द्र श्रेष्ठ र ११ वर्षीय रोहन श्रेष्ठ रहेका छन् ।

मृत्यु हुने दुवै जना बाबु छोरा हुन् । घटनामा इन्द्रकी श्रीमती डम्बरी श्रेष्ठ घाइते भएकी छन् । उनीको शरीरको पछाडीको भागमा गम्भीर चोट छ । उपचारका लागि डम्बरीलाई विराटनगरस्थित नोवेल मेडिकल कलेज भर्ना गरिएको इन्द्रका दाजु खेमराज श्रेष्ठले बताए ।

उनका अनुसार जेठा छोरा १३ वर्षीय रोशुसहित बुधबार इन्द्रको चारजनाको परिवार आफ्न्त भेटघाटका लागि मावली घर टिष्टा पुगेको थियो । विहानको खाना खाएर रेलको लिक नजीकै रुखको फेदमा शीतल तापेर बसेका इन्द्रलाई तीव्रगतिमा आएको रेलले किचेको र श्रीमती डम्बरी बचाउन जादा कान्छो छोरासमेत सँगै पुगेको बताइएको छ । आमा गएको देखेर कान्छो छोरा रोहन पछि पछि कुदेर जादा रेलले भेटेको थियो । उनलाई रेलले किच्दा शरीर दुई टुक्रा भएको थियो । इन्द्रको शरिरका विभिन्न भागमा चोट थियो । जेठो छोरा भने अलि पर रहेकाले दुघर्टनाबाट बच्न सफल भएको परिवारजनले जनाएको छ ।

भारतीय प्रहरीले सम्पूर्ण कानुनी प्रकृया पुरा गरी शव आफ्न्तलाई बुझाएको थियो । भारतको उक मेडिकल कलेजमा पोस्ट मार्टम पश्चात आइतबारमात्र बाबु छोराको शव नेपाल ल्याइएको थियो । बाबु छोराको यस्तो घटनाले मेचीनगर— ७ स्थित भान्सा खोला शोक मग्न बनेको छ । घटनाको खवर सुनेदेखि डम्बरी अचेत झै छन् । अन्य परिवारको घरको चुल्होमा आगो बलेको छैन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here