इयरफोन लगाएर मोटरसाइकल चलाउँदा…

१९ जेष्ठ २०७६, आईतवार मा प्रकाशित

पटना,

ट्राफिक प्रहरीले सवारीसाधन चलाउँदा मोबाइल फोन प्रयोग नगर्न सचेत गराइरहेको छ। यसो गर्नुको एउटै कारण हो ध्यान अन्तै मोडिँदा हुन सक्ने दुर्घटना।

भारतको बिहार राज्यस्थित बेगुसरायमा इयरफोन कानमा लगाएर मोटरसाइकल चलाउँदा डरलाग्दो दुर्घटना भएको छ। त्यहाँको राष्ट्रिय राजमार्ग-२८ मा इयरफोन लगाएर मोटरसाइकल चलाइरहेका युवकको ट्रकसँग ठोक्किँदा ज्यान गएको छ।  समाचार अनुसार ठोक्किएपछि भुइँमा ढलेका ती युवकको ट्रकको पांग्राले किचेर ज्यान गएको हो।

ट्रकले कुल्चिँदा ती युवकको एउटा खुट्टो काटिएको थियो। त्यसपछि उनले पत्नीलाई भिडियो कल गरेर आफ्नो अवस्था देखाए अनि केही बेरमै प्राण त्यागे।   प्रत्यक्षदर्शीका अनुसार युवकले कानमा इयरफोन लगाइरहेकाले ट्रकको आवाज सुन्‍न पाएनन्।  दुर्घटनापछि बेहोस भएका युवकदाई पुलिसले बेगुसरायस्थित अस्पताल लगियो ।

तर उनलाई चिकित्सकले बचाउन सकेनन्। युवकको नाम राजाराम पण्डित रहेको छ। राजाराम आफ्ना सालाको श्राद्धकर्ममा सहभागी हुन ससुराली गइरहेका थिए। घटनास्थलमा पुगेका परिवारका सदस्यले राजारामको बिहे तीन वर्षअघि भएको थियो। उनकी सात महिनाकी छोरी पनि छन्।-थाहाखबरबाट

प्रतिकृया व्यक्त गर्नुहोस् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here