लागूऔषधको प्रयोग रोक्न सचेतना

0
556

भद्रपुर।

सीमावर्ती नाकामा लागूऔषध प्रयोगकर्तासँगै ओसार–पसार नियन्त्रण गर्न उद्देश्यले कचनकवल गाउँपालिकामा लागूऔषधविरुद्धको गोष्ठी सम्पन्न भएको छ ।

कचनकवल– ६ स्थित कचनकवल सामुदायिक अध्ययन केन्द्रको आयोजनामा भएको गोष्ठीमा चेतना नेपालका मुख्य अभियन्ता प्रशिक्षक इन्द्रप्रसाद ओलीले सहभागीहरूलाई लागूऔषधको परिचय, असर, नियन्त्रणको सम्भावना, लक्षण र उपायहरूको बारेमा जानकारी गराएका थिए ।

प्रमुख अतिथि प्रदेश नं. १ सांसद बसन्त बानियाँले कार्यक्रमको उद्घाटन गर्दै समग्र देशको विकासमा स्वास्थ्य मानवको आवश्यकता रहेको बताए । उनले भने– ‘समाज रूपान्तरण र परिवर्तन बिना समृद्धिको सपना पूरा नहुने भएकोले मानव व्यवहारमा परिवर्तन ल्याउन दुव्र्यसनको अन्त्य वर्तमान आवश्यकता छ ।’

त्यस्तै गाउँपालिका अध्यक्ष अञ्जार आलमले सीमावर्ती नाका लागूऔषध दुव्र्यसनको ट्रान्जिट पोइन्ट बन्दै गएकोले यसको रोकथामका लागि सबै लाग्नुपर्ने उल्लेख गरे । वडाध्यक्ष कुलबहादुर कार्कीले नेपाल र भारत दुबै देशले यस्ता आपराधिक कार्यले नोक्सानी पुर्याउने गरेकोले सबै मिलेर रोकथाम गर्दै समाज परिर्वतनका चनाखो हुनुपर्नेमा जोड दिए ।
कार्यक्रममा नेकपा वडा संयोजक देउमान बुढाथोकी, शिक्षा शाखा प्रमुख होम गुरुङ, चेतना नेपाल सदस्य कृष्ण नेपाल चुडाल, नेपाली कांग्रेसका भूमि राजवंशी, बनियानी युवा परिवार क्लब अध्यक्ष हरि बस्नेत (चट्टान), शहीद प्रतिष्ठानका अध्यक्ष तीलबहादुर राई, बुद्धिजीवी बुद्धि नेपाल लगायत नेपाल प्रहरी, सशस्त्र प्रहरी, शिक्षकको सहभागिता रहेको थियो ।

कचनकवल सामुदायिक अध्ययन केन्द्रका अध्यक्ष भक्त घिमिरेको अध्यक्षता भएको कार्यक्रममा स्वागत उद्धव घिमिरेले गरेको रत्नबहादर बुढाथोकीले जानकारी दिए । कार्यक्रमको सञ्चालन केन्द्रका सचिव लीला बल्लभ भट्टराईले गरेका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here