इलाममा फोन नलाग्ने समस्या

0
708

रोङ।

इलाम भनेपछि सुगम र विकसित जिल्ला होला भन्ने सबैलाई लागेको हुन सक्छ । तर, यहाँको कतिपय ठाउँमा अहिले पनि मोबाइल सेवा उपलब्ध छैन ।

पूर्वी इलाको रोङ गाउँपालिका वडा नं. २ को बरफल्याङ, दूधे, झटारे गाउँका स्थानीय मोबाइलमा कुरा गर्न मोबाइल बोकेर डाँडातिर धाउनुपर्ने बाध्यता छ । कारण मोबाइलमा नेटवर्क नहुँदा स्थानीयले यस्तो झन्झट व्यहोर्नु परेको हो । यहाँ नेपाल टेलीकमको मात्र होइन जताततै सेवा बिस्तार गरिएको एनसेलको सेवा पनि उस्तै छ ।

यहाँको समस्याबारे नेपाल टेलिकम क्षेत्रीय कार्याालयसम्म गुनासो गरे पनि टेलिकमले आफूहरुको गुनासो नसुनिदिँदा यस ठाउँका स्थानीयबासी सञ्चारसेवाबाट वञ्चित हुनुपरेको रोङ– २ का वडाध्यक्ष टेकबहादुर तामाङले बताए ।

यहाँ मात्र होइन नेपाल टेलिकमले निमार्ण गरेको रोङ– ३ को चन्द्रकला आधारभूत बिद्यालयबाट जिर्मलेको काउले डाँडा, कोल्बुङ्गको भालुझोडा र कोल्बुङ्गकै पाथीभराको थुम्कोको बीटीएस टावर नजिकै देखिन्छ । तर, फोन नलाग्ने समस्या छ –रोङ–३ का वडाध्यक्ष मातृका बरालले भने ।

बरालका अनुसार रोङ– ३ को मार्सेफेदी, ढोडेनी, मजुवा, खमारे लगायतका कतिपय कतिपय गाउँमा पनि फोन गर्न नलाग्ने समस्या छ । माथि भनिएका गाउँहरु जस्तै इलामका अझै पनि कतिपय ठाउँमा बीटीएस जडान गरिएको गाउँको अवस्था यस्तै छ । जसका कारण सर्वसाधारणले सेवा लिन पाइरहेका छैनन् ।

सूचना र प्रविधिले संसारलाई साँघुरो बनाइरहँदा इलाम जस्तो सुबिधासम्पन्न र मुलुक हाक्ने नेताहरु रहेकै गाउँका नागरिकहरुले अहिलेसम्म सञ्चारको सुविधा उपयोग गर्न पाएका छैनन् । नेपाल टेलिकम इलामका प्रमुख सञ्जिव घिमिरेले बीटीएस निर्माणको काम क्षेत्रीय निर्देशनालयले गरेको र टावर आसपास नै यस्तो समस्या हुनु दुःखद् भएको बताए । उनले समस्याको समाधानका लागि पहल गरिने जानकारी दिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here