सञ्चारकर्मीमाथी इटहरीमा नाक भाच्ने धम्की, धरानमा आक्रमण

0
594

धरान ।

सञ्चारकर्मीहरूमाथी एकपछि अर्काे प्रहार हुँदै गएकाे छ । इटहरीका मेयर द्वारिकलाल चाैधरीले पत्रकार विराट अनुपमलाइ नाककाे डाडी भाँचिदिने धम्कि दिएकाे २४ घण्टा वित्न नपाउँदै धरानका सञ्चारकर्मी दिलबहादुर राईमाथि कार्याकक्षमा  नै हातपात भएको छ ।

धरान–१२ चतरालाइनस्थित कार्यालयमा आएका फूर्वा शेर्पाले उनीमाथी मंगलबार राती आक्रमण गरेका हुन् । शेर्पालाई इलाका प्रहरी कार्यालय धरानले पक्राउ गरिसकेकाे छ । शेर्पाले आफूलाई पनि ढुङ्गाले हानेका कारण ढुङ्गा प्रहार गरेको प्रहरीलाई बयान दिएको इप्रका धरानका डिएसपी ढुण्डीराज न्यौपानेले बताए ।

आक्रमण गर्नुपर्ने स्पष्ट कारण हालसम्म खुल्न सकेको छैन । राईको टाउकोमा चोट लागेको छ भने उनको धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचार भइरहेको छ ।-औजार न्यूज डटकमबाट

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here