३ महिना बन्धक भएकी किशोरीको बेदना, सुई लगाएर सामूहिक बलात्कार

0
603

काठमाडौं ।

धनुषा बटेश्वरकी कक्षा ९ मा पढ्ने दलित किशोरी फागुन ११ गते साँझ बहिनीसँग खेतबाट घर फर्कदै थिइन् । दिदीबहिनी आफ्नै शुरमा हिँडिरहेका थिए । अकस्मात् उनीहरुका अगाडि तीनजना चढेको मोटरसाइकल रोकियो । बहिनी डराएर घरतिर भाग्न सफल भइन् ।

‘मेरो नाकमा नशालु पदार्थ सुँघाएर बेहोस बनायो । आँखामा कालोपट्टी बाँधी अपहरण ग¥यो, पीडित किशोरीले भनिन् , ‘हातखुट्टा डोरीले बाँधिदियो । एउटा सुई लगाइदियो । त्यसपछि के भयो थाहा छैन् ।

अनि त्यो समूहले उनलाई रातारात भारतको मझपरपुर पु¥यायो । किशोरीलाई तीन महिनासम्म बन्धक बनाइयो । र उनीमाथि सामूहिक बलात्कार भयो । किशोरीको हातखुट्टामा दाम्लोले बाँधेको डाम छ । शरीभर पोलेको फोका छन् । कुटपिटको नीलडाम छन् । ‘घरमा बन्धक बनाएर राखे, रड र लठ्ठीले कुटे’ पीडित किशोरीले भनिन् ‘हातखुट्टा बाँधेर सुई लगाइदिन्थ्यो अनि बेहोस बनाएर राख्थ्यो ।’

अहिले उनी भागेर नेपाल आएकी छन् । उनको उपचार जनकपुर अञ्चल अस्पतालमा भइरहेको छ ।, समाचार अन्नपूर्ण पोस्ट् दैनिकले छापेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here