महिलामैत्री सञ्चार क्षेत्रमा जोड

0
679

झापा।

झापाको बिर्तामोडमा आयोजित कार्यक्रमका सहभागी वक्ताले सञ्चारक्षेत्र महिलामैत्री बन्नुपर्नेमा जोड दिएका छन् ।

नेपाल प्रेस युनियनको आयोजना तथा अन्तर्राष्ट्रिय पत्रकार महासंघ आईएफजेको सहयोगमा बिर्तामोडमा भएको लैङ्गिक समानता र सुरक्षा तालिम कार्यक्रममा उनीहरुले यस्तो बताएका हुन् ।

आईएफजेकी प्रशिक्षक सुशीला संग्रौलाको अध्यक्षता तथा प्रेस युनियनका केन्द्रीय सदस्य गोबिन्दचन्द्र क्षेत्रीको प्रमुख आतिथ्यमा भएको समापन कार्यक्रममा प्रेस युनियनका पूर्व केन्द्रीय सदस्य कृष्ण हुमागाँई, नेपाल प्रेस युनियन झापाकी अध्यक्ष इन्दु पूर्वेली, नेपाल पत्रकार महासंघ प्रदेश सदस्य रेजीना गौतम, नेपाल पत्रकार महासंघ झापाका कार्यबाहक अध्यक्ष एकराज गिरी लगायतले शुभकामना मन्तव्य राखेका थिए ।

उनीहरुले नेपाली समाजमा महिलालाई हेर्ने दृृष्टिकोण फरक भएकाले सञ्चार जगतमा पनि महिलाहरु पछाडि पर्नु परेको बताउँदै महिला पत्रकारहरुले फिल्डमा रिपोर्टिङ गर्न जाँदा समेत हिंसाका घटना व्यहोर्नुपर्ने हुँदा त्यसको समाधानका लागि सबै एकजुट हुनुपर्ने बताए ।

तालिमको सहजीकरण आईएफजेका सहजकर्ताहरु माधुरी महतो र सुशीला संग्रौलाले गरेका थिए । तालिममा सहभागी स्वस्तिका आचार्यले तालिम फलदायी रहेको बताइन् । तालिममा साइवर अपराध, महिला पत्रकारको सुरक्षा र अधिकार तथा लैङ्गिक असमानताका लागि कसरी लड्ने भन्ने विषमा जानकारी गराइएको थियो । सोही कार्यक्रमकाबीच तालिममा सहभागी २० जना महिला सञ्चारकर्मी तथा पत्रकारहरुलाई सहभागिताको प्रमाणपत्र प्रदान गरिएको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here