झापामा प्रधानमन्त्री रोजगार कार्यक्रम सुरु, रोजगार दाताको सहयोगमा मेची पुल जोड्ने अस्थायी सडक बन्यो

0
779

(पार्थ मण्डल) भद्रपुर ।

प्रधानमन्त्रीको गृह जिल्ला झापामा पहिलो पटक प्रधानमन्त्री रोजगार कार्यक्रमको शुभारम्भ गरिएको छ । जिल्लाको सदरमुकाम रहेको भद्रपुर नगरपालिका कार्यालयले बुधवार एक कार्यक्रमका बिच प्रधानमन्त्री रोजगार कार्यक्रमको शुभारम्भ गरेको हो । नगरपालिका प्रमुख जीवनकुमार श्रेष्ठले रोजगार दाताहरूलाई पोसाक वितरण गर्दै कार्यक्रमको शुभारम्भ गरेका थिए ।

प्रधानमन्त्री रोजगार शुभारम्भ कार्यक्रमको आौचित्यमाथि प्रकाश पार्दै नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत तुलसीबहादुर श्रेष्ठले नगरपालिकालाई प्राप्त दरखास्तका आधारमा विभिन्न प्रक्रिया पुरा गरी छनौट भएका एक सय ४९ जनालाई चालु आर्थिक वर्ष भित्र एक महिने रोजगार प्रदान गरिएको बताए ।  रोजगारमा खटिएका दाताले नगरको समग्र विकास निर्माण कार्यमा नगरपालिकाले खटाएको स्थानमा गएर सहयोग पुर्‍याउने उनको भनाई छ ।

नगरपालिकामा १२४० महिला र ७१७ पुरुष गरी १९५७ जनाले प्रधानमन्त्री रोगजारीका लागि वडा कार्यालयमार्फत दरखास्त आवेदन दिएका थिए । त्यसमध्ये बेरोजगारी भएका १४९ लाई छनौट गरिएको नगरपालिकाले जनाएको छ ।  छनौट भएका रोजगार दाताले एक दिनको ५ सय १७ रुपैयाँका दरले पारिश्रमिक पाउन अधिकृत श्रेष्ठको भनाई छ ।

रोजगारमा परेका दाताहरूलाई नगरको १० वटा वडामध्येबाट आवश्यक अनुसार कम्तीमा १४÷१४ जना छनौट गरिएको प्रधानमन्त्री रोजगार समिति संयोजक टिकाराम पाण्डेले जानकारी दिए । रोजगार दाताहरूले नगरको प्रत्येक वडामा खटाइने छ ।

उनीहरूले वडाको सरसफाइ, सडक निर्माण, तट बन्धन, वृक्षारोपण, विद्यालय भवनको स्तोरन्नतिको काम सहयोग पुर्‍याउने, सरकारी कार्यालय भवनको रंगरोगन लगायतका सार्वजनिक कार्यहरू गर्ने संयोजक पाण्डेको भनाई छ । रोजगार दाताहरूले जेठ २२ देखि असार २१ गते सम्म यस कार्यक्रममा सहभागिता जनाउनेछ ।

भद्रपुरका नगर प्रमुख श्रेष्ठको अध्यक्षतामा सम्पन्न उद्घाटन कार्यक्रममा नगरका उपप्रमुख चन्द्रमाया श्रेष्ठ,नगर बाल सञ्जालकी उपाध्यक्ष आरम्भ प्याकुरेल, डिभिजन वन कार्यालय झापाका प्रमुख विष्णुलाल घिमिरे, ५ नम्बर वडा अध्यक्ष बन्धु कार्की, ममता लिम्बु, लगायतले यस कार्यक्रमको सफलताको बारेमा शुभकामना मन्तव्य राखेको कार्यक्रमको सञ्चालन अधिकृत गोपाल आचार्यले सञ्चालन गरेका थिए । त्यसै गरी नगरपालिका विश्व वातावरण दिवसको अवसरमा सो कार्यक्रम पश्चात् नगरका विभिन्न प्रतियोगितामा उत्कृष्ट हुने छात्राछात्रहरुलाई नगदसहित प्रमाणपत्रले पुरस्कृत समेत गरेका थिए ।

रोगजार दाताहरूले मेची पुल सडक बनाएर शुभारम्भ गरे

भद्रपुरस्थित मेची नदीमा निर्माण भई सञ्चालनमा आइसकेको मेची पुल जोड्ने अस्थायी ग्राभेल सडक बनाउने कार्यमा रोजगार दाताहरूले सहभागी जनाउँदै  अभियानको शुभारम्भ गरेका थिए ।

१४९ जना रोजगार दाताहरूले सामूहिक रूपमा भारततर्फ जोड्ने सडकमा बनाउन सहयोग पुर्‍याएका थिए । रोजगारका दाताहरूसँगै नगर प्रमुख श्रेष्ठ, उपप्रमुख श्रेष्ठसहित जनप्रतिनिधिहरू समेत सहभागिता जनाएका थिए ।

केहिदिन अघि नगरपालिकाले पुल जोडने अस्थायी सडक बनाउने कामको सुरुवात गरेका थिए । बुधवार रोजगार दाताहरूले बनाइएको सडकको दुवैतर्फ बालुवा हालेको बोरा र घाँस बि छाएको थियो ।

 

 

 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here