केन्द्र प्रमुख र उपप्रमुखलाई तालिम

0
1108

बिर्तामोड।

सिम्रिक बचत तथा ऋण सहकारी संस्थाको आयोजनामा एक दिवसीय सदस्य सहकारी शिक्षा तालिम बनियानीमा सम्पन्न भएको छ ।

संस्थाको बनियानी सेवा केन्द्र अन्तर्गतका लघुबित्त विभागका केन्द्र प्रमुख तथा उपप्रमुखहरुलाई उक्त तालिम प्रदान गरिएको थियो । सिम्रिक बचत तथा ऋण सहकारी संस्थाका शिक्षा उपसमिति संयोजक सुवास भट्टराईको अध्यक्षता तथा कचनकवल गाउँपालिका वर्डा नं. ६ का वडाध्यक्ष कुलबहादुर कार्कीको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा शिक्षा उपसमिति सदस्य मेहरमान बिष्टले स्वागत गरेका थिए ।

कार्यक्रममा बिर्तामोड नगरपालिकाका सहकारी निरिक्षक डिल्ली दाहालले सहकारी र लघुवित्त सम्बन्धी विविध विषयका बारेमा जानकारी गराएका थिए भने सिम्रिक बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष कमलबहादुर बस्नेतले संस्थाले गरेको प्रगतिको बारेमा जानकारी गराएका थिए ।

कार्यक्रममा संस्थाको बनियानी सेवाकेन्द्रकी सेयर सदस्य राधिका खड्कालाई छोरीको उपचारका लागि दश हजार रुपैयाँ प्रदान गरिएको थियो । संस्थाको सदस्य राहत कोषबाट उक्त उपचार खर्च प्रदान गरिएको बताइएको छ । कार्यक्रमको सञ्चालन संस्थाका आईटी विभागीय प्रमुख यम बिष्टले गरेका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here