सवारी दुर्घटनामा तीन जना घाइते

0
444

सुनसरी,

कोसी राजमार्गअन्तर्गत मोरङको टंकिशिनवारीमा भएको सवारी दुर्घटनामा तीन जना घाइते भएका छन्। घाइतेमध्ये दुई जनाको अवस्था गम्भीर रहेका प्रहरीले जनाएको छ।

शनिबार बिहान विराटनगरबाट भोजपुरका लागि छुटेको बसले मोटरसाइकललाई ठक्कर दिँदा सुनसरीको गढी गाउँपालिका–१ का लक्ष्मण यादव र अक्षलाल चौधरी र अर्का एक जना पुरुष घाइते भएका छन्। घाइत मध्ये यादव र चौधरीको अवस्था गम्भीर छ।

दुवै जनाको होस खुल्न नसकेको प्रदेश १ ट्राफिक प्रहरी कार्यालय इटहरीले जनाएको छ। नाम नखुलेका अर्का व्यक्तिको टाउकोमा चोट लागेको छ। प्रहरीका अनुसार को १ ख ३८०५ नम्बरको बसमा को २१ प ४३२४ र स ८ प २११७  नम्बरको मोटरसाइकल ठोक्किएको हो। घाइतेहरुको विराट मेडिकल कलेजमा उपचार भैरहेको प्रहरीले जनाएको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here