झापा कबड्डी च्याम्पियन

0
697

भद्रपुर।

प्रदेश नं १ स्तरीय पुरुष कबड्डी प्रतियोगितामा झापा च्याम्पियन बनेको छ ।

प्रदेश १ को सामाजिक विकास मन्त्रालयद्वारा मेचीनगर–६ काँकरभिट्टामा सम्पन्न उक्त प्रतियोगितामा १३ जिल्लालाई उछिन्दै झापाले उपाधि जितेको हो । उपाधिसँगै झापाले रु. एक लाख पुरस्कार प्राप्त गरेको छ ।

काँकरभिट्टा माविको खेल मैदानमा शुक्रवार सम्पन्न प्रतियोगितामा मोरङ दोस्रो भएको छ । मोरङले रु. ५० हजारसहित शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त ग¥यो । प्रतियोगितामा ताप्लेजुङ र सोलुखम्बू तेस्रो भए । मङ्गलबारदेखि शुरु भएको प्रतियोगितामा प्रदेशका एक सय २६ खेलाडी सहभागी भएको प्रतियोगिताका निर्णायक संयोजक रतिया राजवंशीले जानकारी दिए ।

प्रतियोगितामा उत्कृष्ट रेडर झापाका धिरज चौधरी, उत्कृष्ट डिफेन्डर झापाकै अमृत मेचे, उत्कृष्ट क्याचर सोलुखुम्बूका वीर बस्नेत, उत्कृष्ट बोनस मोरङका बविस थापा मगर तथा उत्कृष्ट खेलाडी मोरङका निकेश राजवंशी घोषित भए । उनीहरुलाई जनही रु. पाँच हजार पुरस्कार प्रदान गरियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here