रमेशलाई बचाउन सहयोगको अपिल

0
432

बिर्तामोड।

झापा अर्जुनधारा–९ का २२ बर्षीय रमेश लोहारको उपचारमा सहयोग गरी दिन परिवारजनले आग्रह गरेका छन् ।

काठमाडौंको हेम्स हस्पिटलमा उपचार गराइरहेका लोहारको मृगौलाले २५ प्रतिशत मात्र काम गरिरहेको उपचारमा संलग्न चिकित्सकले बताएका छन् । मृगौलामा आएको समस्याका कारण टाउकोको नसामा रगत प्रवाह समेत राम्रो हुन नसकेको, शरीरमा प्रोटिनको अभाव भएको उपचारमा संलग्न चिकित्सकले बताएका छन् ।

लोहारको उपचारका लागि हालसम्म सात लाखभन्दा बढी रकम खर्च भइसकेको उनकी दिदी पार्वता लोहारले बताइन् । आफन्तहरुसँग ऋण काडेर, जग्गा बेचेर उक्त रकम जुटाएर भाइ रमेशको उपचार गरेको उनले बताइन् । चिकित्सकले लोहारले तीन बर्षसम्म औषधि खाए मृगौला ठिक हुने आश्वासन दिएको र थप उपचारका लागि पाँच लाख रुपैयाँ खर्च लाग्ने बताएपछि भाइलाई बचाउन सबैसँग सहयोगको अपिल गरिएको उनले बताइन् ।

आर्थिक अवस्था दयनीय भएको र आफूहरुसँग भएको सम्पत्ति समेत सबै सकिएको बताउँदै उनले भनिन्– ‘सबैले सहयोग गरे मेरो भाइ बाँच्ने थियो ।’ रमेश बचाउ अभियान समिति बनाएर उपचारका लागि आर्थिक संकलन गर्दै आएको र सहयोग गर्न चाहनेले पार्वता लोहारको नाममा प्रभु बैंकमा रहेको ११६१०७०१२८४३१४०००००१ को बचत खातामा रकम जम्मा गरिदिन समेत उनले अनुरोध गरिन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here