१७९ सीमा स्तम्भहरु पुनर्निर्माण

1
878

बिर्तामोड।

झापासहित पूर्वका तीन जिल्लाका एक सय ७९ वटा सीमा स्तम्भको पुनर्निर्माण गरिएको छ । नेपालका झापा, मोरङ, सुनसरी र भारततर्फको दार्जीलिङ, किसनगञ्ज, अररिया, सुपौल जिल्लासँग सीमा जोडिएका ४२ वटा सीमा स्तम्भहरु मर्मत गरिएको छ ।

पूर्णरूपमा क्षति भएका १७९ सीमा स्तम्भहरु पुनर्निर्माण भएको झापाका प्रमुख जिल्ला अधिकारी जनकराज दाहालले जानकारी दिए । झापा र भारतको दार्जीलिङ जिल्लाको सीमा स्तम्भ नं. ८२देखि १०१ सम्मको दशगजा क्षेत्रको नाप नक्सा सम्पन्न गरी ४७ नक्सा सीटहरु रहेको जानकारी गराइएको छ । सीमा स्तम्भ निर्माणका क्रममा संयुक्त टोलीले पहिलोपटक ठूला नदीहरुका लागि डिजाइन गरिएको ५ वटा सीमा स्तम्भहरु परीक्षणको रूपमा मेची नदीमा निर्माण गरिएको जनाइएको छ ।

आगामी बर्षदेखि देशका ठूला नदीहरुमा बन्न नसकेका सीमा स्तम्भहरुको निर्माण कार्य शुरु गर्ने निर्णय गरेको बताइएको छ । खोला तथा नदीहरुका सीमा स्तम्भ निर्माण गर्दा सम्बन्धित क्षेत्रका बिज्ञहरुको समेत राय सल्लाह लिएर डिजाइन तयार गर्दा सीमा स्तम्भ अझ मजबुत तथा टिकाउ हुने भन्दै आवश्यक सल्लाहका साथ अघि बढ्ने दुई देशका अधिकारीबीच समझदारी भएको बताइएको छ ।

बैठकमा भारतका किसनगञ्ज, अररिया र सुपौलका डिस्ट्रिक मेजिष्ट्रेट तथा नेपालतर्फबाट झापा, मोरङ र सुनसरीका प्रमुख जिल्ला अधिकारी, सुरक्षा प्रमुख, वन तथा नापी कार्यालयका प्रमुखहरुको उपस्थिति रहेको थियो ।

1 COMMENT

  1. जनप्रतिनिधिहरुलाई सामेल गराउन किन नसकिएको ?

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here