एनएमसीको गाडीको ठक्करबाट एक बालकको मृत्यु, दुई घाइते

0
413

मोरङ।
मोरङको धनपालथान गाउँपालिका–४ गदिया खोला नजिक मंगलबार भ्यानको ठक्करबाट एक बालककोे मृत्यु भएको छ भने अन्य दुई जना घाइते भएका छन् ।

रंगेली बिराटनगर सडक खण्डमा एनएमसी डेरी उद्योग झापाको मे १ च ४६०९ नम्बरको भ्यानले पैदलयात्री धनपालथान गाउँपालिका–४ का १२ वर्षीय मोहमद जवार, १८ वर्षीय मोहमद कैफ र १५ वर्षीय अफसार अन्सारीलाई ठक्कर दिएको प्रहरीले जनाएको छ ।

ठक्करबाट गम्भीर घाइते तिनै जनालाई उपचारको लागि न्यूरो अस्पताल विराटनगर पठाईएकोमा उपचारको क्रममा मोहमद जवारको मृत्यु भएको मोरङ प्रहरीले जनाएको छ । अन्य घाइतेको सोही अस्पतालमा उपचार भईरेहेको छ ।

ठक्कर दिने भ्यान र चालक झापा मेची नगरपालिका–७ का २२ वर्षीय गोविन्दप्रसाद अधिकारीलाई नियन्त्रणमा लिईएको मोरङ प्रहरीले जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here