झापा जिल्ला क्रिकेट संघ गठन, अध्यक्षमा प्रविन

0
485

झापा / अनिल वाग्ले,

झापा जिल्ला क्रिकेट संघको अध्यक्षमा प्रविन थापा सर्वसम्मत चयन भएका छन् । शुक्रबार मेचीनगरको हात्ती रिर्सोटमा भएको विशेष साधारण सभामा उनी अध्यक्षमा चयन भएका हुन् । समितिको उपाध्यक्षमा विरु श्रेष्ठ, सचिवमा लाक्पा लामा र कोषाध्यक्षमा सचिन सुब्बा चयन भएका छन् ।

१५ सदस्यीय समितिको सदस्यहरुमा नारद नेपाल, मनोज कट्वाल, कञ्चन उप्रेती, हितेनमान श्रेष्ठ, चोलानाथ दाहाल, राजन भट्टराई, तुलसी कार्की, सुजता क्षेत्री, प्रेमा गुरुङ, गीता प्रसाईं र दीवेश ओली रहेका छन् । आइसीसीको स्वतन्त्र समितिको निर्देशनमा विशेष साधारण सभा भएको हो ।

लाक्पा लामाको सभापतित्वमा साधारण सभा भएको हो । यसै साधरण सभाले केन्द्रीय प्रतिनिधिमा लाक्पा लामा र क्षेत्रीय प्रतिनिधिमा मनोज कटवाल, विरु श्रेष्ठ, नारद नेपाल र सचिन सुब्बालाई चयन गरेको क्षेत्रीय प्रतिनिधि नारद नेपालले जनाएका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here