स्वास्थ्य पत्रकारिता अभिमुखिकरण कार्यक्रम सम्पन्न

0
617

अर्जुनधारा।

जिल्लाका क्रियाशिल पत्रकारहरुलाई लक्षित गरी स्वास्थ्य क्षेत्रको समाचार संकलन गर्न सहज बनाउने उद्धेश्यले झापाको बिर्तामोडमा आयोजित स्वास्थ्य पत्रकारिता अभिमुखिकरण कार्यक्रम सम्पन्न भएको छ ।

सामाजिक विकास मन्त्रालय प्रदेश नं. १को आयोजना, नेपाल प्रेस इन्स्टिच्युट क्षेत्रीय सञ्चार स्रोत केन्द्र विराटनगरको संयोजन र नेपाल पत्रकार महासंघ झापा शाखाको स्थानीय संयोजनमा आयोजित उक्त कार्यक्रम सम्पन्न भएको हो ।
सहभागीद्धय अमित खम्बू र सुष्मा त्रिखत्रीले कार्यक्रमको अनुभव बारे जानकारी गराएको कार्यक्रममा केन्द्रका संयोजक वीरेन्द्र शर्मा, प्रशिक्षक यज्ञप्रसाद शर्मालगायतले मन्तव्य व्यक्त गरेका थिए ।

मन्त्रालय स्वास्थ्य महाशाखाका कविराज तीर्थराज आचार्य, महाशाखा सामुदायिक नर्सिङ अधिकृत केसू काफ्ले र केन्द्रका प्रशिक्षक शर्माले सहजिकरण गरेको कार्यक्रममा ३० जना पत्रकारको सहभागीता रहेको थियो ।महासंघका उपाध्यक्ष एकराज गिरीको अध्यक्षतामा आयोजित कार्यक्रमको सञ्चालन सचिव सन्तोष आचार्यले गरेका थिए ।

यसैबिच कार्यक्रमका सहभागीहरुले सोही दिन स्थानीय मनमोहन मेमोरियल सामुदायिक अस्पतालले प्रदान गर्ने विभिन्न सेवाहरु र उपचार पद्धतीको विषयमा जिज्ञासा व्यक्त गरेका थिए । प्रशिक्षक शर्माको नेतृत्वमा अस्पताल पुगेको सहभागीहरुको जिज्ञासाको जवाफ अस्पताल व्यवस्थापन समितिका सचिव रोममणी भट्टराई, सदस्य डीआर कडरीया र फिजिसियन डा.सुरेश सौरभले दिएका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here