ज्ञान मार्ग लोकार्पित

0
1504

बिर्तामोड।

पूर्वी नेपालका सामाजिक तथा आध्यात्मिक अभियन्ताको परिचय बनाएका प्रेमप्रकाश फलाहारीद्वारा लिखित पौराणिक आख्यानको अनुवाद ज्ञान मार्ग कृतिको एक समारोहकाबीच लोकार्पण गरिएको छ ।

प्रा.डा. गोपाल भण्डारीको प्रमुख आतिथ्यमा त्रिफला राष्ट्रिय पुस्तकालयमा आयोजित एक कार्यक्रमकाबीच कथानुवाद कृति ज्ञान मार्गको लोकार्पण गरिएको हो ।

स्वर्गाश्रम नेपालको २२ औं स्थापना दिवसको अवसरमा आयोजित कार्यक्रममा प्रमुख अतिथि भण्डारीले उक्त कृतिको लोकार्पण गरेका थिए । स्वर्गाश्रम नेपालका अध्यक्ष टेकनाथ घिमिरेको अध्यक्षतामा सञ्चालन भएको समारोहमा साहित्यकार केशवराज खनालले कृतिको समीक्षा गरेका थिए ।

पौराणिक कथाहरुलाई नेपालीमा अनुवाद गरिएको उक्त कृतिको परिचय साहित्यकार कोमलप्रसाद पोखरेलले दिएका थिए भने स्वागत सर्जक फलाहारीले गरेका थिए । सोही अवसरमा जिल्लाका विभिन्न पालिकाहरुमा रहेको भजन, कीर्तन मण्डलीकाबीच प्रतियोगितात्मक भजन गायन भएको थियो ।

फलाहारीको ७० औं जन्मोत्सवका दिन लोकार्पित कृति ज्ञान मार्ग उनको तेस्रो कृति हो । सोही कार्यक्रमकाबीच स्वर्गाश्रम नेपालले चार फरक–फरक विधामा सम्मान वितरण गरेको थियो ।

हरिप्रसाद न्यौपानेले सञ्चालन गरेको कार्यक्रममा संरक्षक सम्मान शंकर अधिकारीलाई, राष्ट्रिय धर्म प्रचारिका सम्मान दयामाता राजवंशीलाई, धर्माचार्य सम्मान धनपति भट्टराईलाई र फलाहारी बाबा धार्मिक सेवा सम्मान रामप्रसाद मैनालीलाई प्रदान गरिएको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here