जीर्ण बन्दै म्याग्दीका पक्की पुल

0
473

गलेश्वर।

हिमाली जिल्ला म्याग्दीको उत्तरी क्षेत्रका पक्की पुल सवारी साधनको बढ्दो चाप, क्षमताभन्दा बढीको भार र नदी कटानका कारण जीर्ण बन्दै गएपछि दुर्घटनाको जोखिम बढेको छ ।  अहिले उत्तरी म्याग्दी जोड्ने सबैजसो बेलिब्रिजमा समान्य मोटरसाइकलसहित साना सवारीसाधन आवतजावत गर्दासमेत जोखिम बढेको छ । पर्वत र म्याग्दी जोड्ने पक्की पुलमा क्षमता मापन नगरी क्षमताभन्दा बढी सामान लिएर ‘हेभी’ सवारीसाधन आवतजावत गर्न थालेपछि पक्की पुल जीर्ण बन्दै गएका छन् ।

सवारीसाधन २४ सै घण्टा आवतजावत गर्ने पक्की पुलमा साना मालबाहक ट्रक आवतजावत गर्दासमेत हल्लिन्छन् । उत्तरी क्षेत्रमा निर्माणाधीन अवस्थामा रहेका जलविद्युत् आयोजनलाई आवश्यक पर्ने ट्रान्सफर्मरसहित हेभी इक्युमेन्टसम्बन्धी सरकारी निकायको निगरानी बिनै पुलमा सामान्य ‘सर्पोट’ राखेर भारतीय १८ चक्केसम्मका सवारीसाधन आवतजावत गर्दा दुई जिल्ला जोड्ने पक्की पुल दिनप्रतिदिन जीर्ण बन्दै गइरहेको बेनी नगरपालिका–८ कालीपुलका खेम केसीले बताउनुभयो ।

अन्नपूर्ण गाउँपालिका–३ दानामा निर्माणाधीन अवस्थामा रहेको नेपाल विद्युत् प्राधिकारणले २२० केभी क्षमताको कालीगण्डकी प्रसारण करिडोरमा आवश्यक पर्ने ३५ टनभन्दा बढी क्षमताको ट्रान्सफर्मर म्याग्दीको सदरमुकाम जोड्ने पक्की पुल हुँदै सवस्टेशनसम्म पु¥याउन एक हप्ता लाग्यो । सवस्टेशनका कर्मचारीले बेनीको पक्की पुलबाहेक गलेश्वर हुँदै तीनवटा बेलिब्रिजमा सर्पोट राखेर ट्रान्सफर्मर दानासम्म पु¥याएका थिए ।

“पुल पैदलयात्रा गर्दा पनि हल्लिन्छन्, जोखिम ह्वात्तै बढेको छ, पुलको क्षमताका बारेमा कुनै पनि जानकारी उल्लेख छैन”, केसीले भन्नुभयो । पक्की पुलमा खाल्टाखुल्टी भएकाले पोखरी बन्ने गरेकाले पनि सवारीसाधन आवतजावतमा समेत समस्या हुने गरेको सवारी चालकले बताएका छन् । पक्की पुलको संरक्षणका लागि अहिलेसम्म कुनै पनि सरकारी निकायले चासो देखाएका छैनन् ।

बेनी नगरपालिकाको वडा तथा अन्य सरोकारवाला निकायले समेत क्षमताभन्दा धेरै ढुवानीलाई रोक्नेतर्फ चासो नदेखाएको स्थानीयको गुनासो छ । डेढ दशक अगाडि निर्मित पक्की पुलको मर्मत तथा क्षमताभन्दा बढीका सवारीसाधनलाई रोक लगाउन नसक्दा कुनै पनि बेला गम्भीर क्षति हुने प्राविधिक पक्षकै भनाइ छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here