काठमाण्डौंमा विप्लवका कार्यकर्ताको मृत्यु

३२ जेष्ठ २०७६, शनिबार मा प्रकाशित

काठमाण्डौ ।

गएको जेठ १२ गते काठमाण्डौमा भएको बम विष्फोटमा घाइते भएका नेत्रविक्रम चन्द नेतृत्वको नेकपाका कार्यकर्ता रामकुमार श्रेष्ठको शनिबार मृत्युभएको छ ।

श्रेष्ठको काठमाण्डौको ओम अस्पतालमा उपचारका क्रममा शनिबार बिहान मृत्युभएको प्रहरीले जनाएको छ । यससँगै विष्फोटमा परी मृत्यु हुनेको संख्या ५ पुगेको छ । घाइते हरि खड्का र सुरेन्द्र महर्जनको ओम अस्पतालमै उपचार भैरहेको छ ।

सुकेधारा र घट्टेकुलोमा भएको विस्फोटमा नेकपाका कार्यकर्ता कालीकोटका दीपक विक, दाङका गोकुल रानामगर, निरन्तर मल्ल र सीटीईभीटीमा अध्ययनरत प्रज्वल शाहीको १२ गते नै मृत्युभएको थियो ।

प्रतिकृया व्यक्त गर्नुहोस् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here