मिस टिन प्रदेश १ को छनौट शुरु

0
946

बिर्तामोड।

किशोरीहरुको अन्तरनिहीत प्रतिभा प्रष्फुटन गर्ने उद्देश्यले आयोजना गरिएको मिस टिन प्रदेश १ को छनौट शुरु गरिएको छ ।

वीरता जेसीज र बिर्ता मिडिया एण्ड इन्टरनेन्टमेन्टको संयुक्त आयोजनामा पाँचौं संस्करणको उक्त प्रतियोगिताको बिर्तामोडमा एक कार्यक्रम गरी शनिबारबाट छनौट शुरु गरिएको हो ।

प्रतियोगितामा १३ वर्षदेखि १९ बर्षसम्मका किशोरीहरुको सहभागिता रहने बताइएको छ । बिर्तामोडमा भएको पहिलो चरणको छनौट प्रतियोगितामा ११ जना किशोरी छनौट भएको बिर्ता मिडिया एण्ड इन्टरनेन्टमेन्टका संस्थापक एलसी श्रेष्ठले जानकारी दिए ।

मिस टिन प्रदेश १ कि २०१८ कि विजेता रुक्सुम गुरागाईं, मोडल स्वेता केसी, वीरता जेसीजका अध्यक्ष बिशाल थापा, नृत्य निर्देशक सुरज मगर र बिर्ता मिडिया एण्ड इन्टरनेन्टमेन्टका संयोजक राज सुब्बा लावतीको निर्णायक मण्डलले उनीहरुको छनौट गरेको हो ।

प्रतियोगिता अन्तर्गत ४ गते इलाममा, ५ गते दमकमा, ६ गते इटहरीमा र ७ गते बिर्तामोडमा छनौट गरिने बताइएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here